बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने

बुधबार, ०३ असार २०८३, १६ : ४२
बुधबार, ०३ असार २०८३

बेइजिङ । चीनको साङ्घाईमा आगामी जुलाईमा विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६ तथा विश्व व्यापी (ग्लोबल एआई गभर्नेन्स ) सम्बन्धि उच्चस्तरीय बैठक आयोजना गर्ने तयारी गरिरहेको चिनियाँ अधिकारीले बुधबार बताएका छन् ।

“चीनले यस सम्मेलनलाई सबै पक्षहरूसँग एआइ सम्बन्धि अन्तर्राष्ट्रिय सहयोगलाई अझ सुदृढ पार्ने अवसरको रूपमा लिन उत्सुक रहेको राष्ट्रिय विकास र सुधार आयोगका उपप्रमुख झोउ हाइबिङले पत्रकार सम्मेलनमा बताएका छन्  ।

एआइले मानवको भविष्यमा ठुलो असर पार्ने बताउदै यो सबै देशहरूले सामना गर्ने साझा सवाल भएको झोउले बताएका छन् । चीनले बहुपक्षवाद, खुलापन र समावेशीकरणको सिद्धान्तलाई समर्थन गर्दै एआइको युगमा विश्वव्यापी विकासमा आधुनिक चिनियाँ समाधानहरूसहित उल्लेख्य योगदान पुर्याएको जनाइएको छ ।

उनले चीनले विकास तथा सुरक्षा प्रयासहरू समन्वय गर्ने र बहुपक्षवादलाई सक्रिय रूपमा अभ्यास गर्नेछ, र जनकेन्द्रित एआइ पनि विकास गर्ने सिद्धान्तलाई समर्थन गर्ने जनाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप