ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
काठमाडौँ । डिजिटल वालेट ई-सेवाको कर्मचारी बनेर सर्वसाधारणलाई ठगी गर्ने एक व्यक्तिलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । ई–सेवाबाट बोलेको र अकाउन्टमा धेरै रिवार्ड पोइन्ट रहेको प्रलोभन देखाई ओटिपी मागेर रकम ठगी गर्ने कार्यमा संलग्न रौतहटका २२ वर्षीय शुभम साहलाई ब्युरोको टोलीले पक्राउ गरेको हो ।
पीडित पक्षका अनुसार निज साहले ‘याक एन्ड को. इन्टरप्राइजेज’ को मोबाइल नम्बरमा पटक-पटक फोन गरेका थिए । उनले ई–सेवाको अकाउन्ट चेक गर्ने बहानामा ओटिपी समेत प्राप्त गरी पीडितको खाताबाट १ लाख ९८ हजार ४ सय ९९ रुपैयाँ ‘इभोलुसन ट्रेडिङ प्राइभेट लिमिटेड’ को ई–सेवा आईडीमा रकमान्तर गरेका थिए ।
सो रकम ट्रान्सफर गरिसकेपछि उनले इभोलुसन ट्रेडिङबाट आइफोन–१७ मोबाइल समेत लिएर गएको अनुसन्धानबाट खुलेको छ। ब्युरोबाट खटिएको विशेष टोलीले साहलाई पक्राउ गर्दा उनको साथबाट ठगीमा प्रयोग भएका ४ वटा मोबाइल फोन र ४ वटा सिमकार्ड बरामद गरेको छ।
यसका साथै उनको साथबाट स्क्याम गर्ने अर्थात् ठगी गर्ने प्रयोजनका लागि विवरण सङ्कलन गरेर डायरी वा पानामा लेखिएका १५३ जना सर्वसाधारणको ई–सेवा आईडी र मोबाइल नम्बरहरू समेत बरामद भएको छ।
पक्राउ परेका साह उपर विद्युतीय माध्यम सम्बद्ध ठगी अपराध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी साइबर ब्युरोले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका साह यसअघि पनि दुई पटक यस्तै प्रकृतिको डिजिटल ठगी मुद्दामा पक्राउ परिसकेको र अदालतबाट धरौटीमा रिहा भएको कडा पृष्ठभूमि पाइएको छ।
साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले यस्तो प्रकृतिको ठगीबाट बच्न सर्वसाधारणलाई सचेत गराएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
-
चीन भ्रमण सकेर स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल
-
जबरजस्ती बिहे गराएर फरार रहेका व्यक्ति पक्राउ
-
जेल गए दीपक भट्ट र सुलभ अग्रवाल, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण