बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस

बुधबार, ०३ असार २०८३, २२ : ३२
बुधबार, ०३ असार २०८३

सारांश

  • श्रीलंकामा जारी एकदिवसीय सिरिजको खेलमा श्रीलंकाली खेलाडीलाई धक्का दिएको आरोपमा भारतीय ब्याटर वैभव सूर्यवंशीमाथि कारबाहीको सिफारिस गरिएको छ।
  • खेल टाइ भएपछि भएको सुपर ओभरमा भारत पराजित भएपछि दुई देशका खेलाडीबीच मैदानमै भनाभन र घम्साघम्सी भएको थियो।
  • म्याच रेफ्रीले सूर्यवंशीसहित चार खेलाडीमाथि जरिवानाको सिफारिस गरेका छन्, जसको अन्तिम निर्णय भारतीय र श्रीलंका क्रिकेट बोर्डले लिनेछन्।

काठमाडौँ । श्रीलंकाली खेलाडीलाई धक्का दिएको आरोपमा भारतीय युवा ब्याटर वैभव सूर्यवंशीमाथि कारबाहीको सिफारिस गरिएको छ।

श्रीलंकामा जारी भारत ‘ए’, अफगानिस्तान ‘ए’ र श्रीलंका ‘ए’ सम्मिलित एकदिवसीय सिरिज अन्तर्गत जुन १५ मा भएको खेलका क्रममा यो विवाद उत्पन्न भएको थियो । निर्धारित ५० ओभरको खेल टाइ भएपछि भएको सुपर ओभरमा भारत पराजित भएसँगै दुई देशका खेलाडीबीच मैदानमै भनाभन र घम्साघम्सी भएको थियो ।

खेल सकिएपछि श्रीलंकाली खेलाडी विशन हलामबागेले वैभवलाई लक्षित गर्दै यो आईपीएल होइन, खेल सकियो, अब घर जाऊ भनी टिप्पणी गरेपछि विवाद सुरु भएको थियो । लगातारको ‘स्लेजिङ’ बाट आक्रोशित बनेका वैभवले हलामबागेलाई धक्का दिएका थिए । म्याच रेफ्री प्रदीप जयप्रकाशले दुवै टोलीका बोर्डलाई बुझाएको प्रतिवेदनमा वैभव र भारतीय टोलीका कप्तान तिलक वर्मासहित चार खेलाडीमाथि जरिवानाको सिफारिस गरेका छन् ।

कप्तान तिलकलाई खेलको समयमा अम्पायरसँग बहस गरेको भन्दै म्याच फिको ३० प्रतिशत जरिवाना तोक्न भनिएको छ । त्यसैगरी, श्रीलंकाली खेलाडी विशन हलामबागेलाई ५० प्रतिशत र विकेटकिपर निरोशन डिकवेलालाई स्लेजिङ गरेको आरोपमा २० प्रतिशत जरिवानाको सिफारिस गरिएको छ। युथ एकदिवसीय खेल भएकाले यसमा आईसीसीको नियम स्वतः लागू नहुने हुँदा अब भारतीय क्रिकेट बोर्ड र श्रीलंका क्रिकेटले म्याच रेफ्रीको सिफारिसका आधारमा अन्तिम निर्णय लिनेछन् ।

यस सिरिजमा वैभव सूर्यवंशीको प्रदर्शन भने निकै कमजोर देखिएको दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप