शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

हस्तकलामा ललितपुर महानगर : अब ‘मेड इन क्राफ्ट सिटी ललितपुर’ लोगो

शुक्रबार, ०५ असार २०८३, १६ : ३९
शुक्रबार, ०५ असार २०८३

काठमाडौँ ।  ललितपुरलाई ‘हस्तकलाको राजधानी’ का रूपमा संस्थागत र कानुनी रूपमा विकास गर्न नयाँ कदम चालिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ललितपुर महानगरमा उत्पादित हस्तकला सामग्रीहरूको गुणस्तर परीक्षण, प्रमाणीकरण र अन्तर्राष्ट्रिय बजारमा यसको पहिचान सुनिश्चित गर्न ‘मेड इन क्राफ्ट सिटी ललितपुर’ लोगोलाई कानुनी सुनिश्चितता प्रदान गरिने उल्लेख छ ।

नीति तथा कार्यक्रममा परम्परागत धातु, काष्ठ र प्रस्तर कला जोगाउनका लागि सीप हस्तान्तरण कार्यक्रम सञ्चालन गरिनुका साथै हस्तकला क्षेत्रमा प्राज्ञिक विकासका लागि ‘कलेज अफ आर्ट’ स्थापनाको प्रक्रिया अघि बढाइने समेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप