मनिषा कोइरालाको जन्मदिन विशेषः बलिउडमा जमेकी नेपालकी चेलीबारे १० जानकारी
९० को दशककी चर्चित नायिका मनिषा कोइराला आज अर्थात् १६ अगस्टमा आफ्नो ४८ औं जन्मदिन मनाइरहेकी छिन् ।
मनिषाले बलिउडमा आफ्नो दुई दशक लामो करियरमा कम्तिमा ६७ फिल्ममा काम गरेकी छिन् ।
सन् १९७० को अगस्ट १६ तारिखमा जन्मिएकी मनिषाको जन्मदिन विशेषमा आज हामी तपाईंलाई उनीबारे केही जानकारी दिँदैछौं ।

१. नेपालको राजनीतिक घरानामा जन्मिएकी मनिषा कोइरालाले बाल्यकालमा डाक्टर बन्ने सोच राख्थिन् । कहिले पनि आफू अभिनय क्षेत्रमा लाग्छु भन्ने नसोच्ने उनलाई सुरुमा मोडलिङका लागि प्रस्ताव आयो । यही प्रस्तावले उनको बलिउडमा मार्गप्रशस्त गर्यो । बलिउडका लागि उनको परिवारले उनलाई एक हप्ताको समय दिएको थियो, त्यही एक हप्तामा उनीलाई चार चर्चित फिल्म निर्माता र कलाकारसँग काम गर्ने अफर आयो । जसमा सुभाष घई, शेखर कपूर र ऋषि कपुरको नाम समावेश थियो ।
२. सन् १९८९ मा नेपाली फिल्म ‘फेरी भेटौंला’ बाट चलचित्रमा डेब्यू गरेकी मनिषाले सन् १९९१ मा शुभाष घईको फिल्म ‘सौदागर’ मार्फत बलिउडमा पाइला टेकेकी हुन् । बलिउडका चर्चित कलाकार दिलिप, राज कुमार, अनुपम खेरसँग स्क्रिन साटेकी मनिषाको अभिनयलाई निकै रुचाइयो ।
३. त्यसपछि ती नायिकाले कहिले पनि फर्केर हेरिनन् । मनिषा कोइरालाले बिग बजेटका थुप्रै फिल्ममा अभिनय गरिन् । जसमा १९४२ः अ लभ स्टोरी देखि अकेले हम अकेले तुम, अग्नीशाक्षी, बम्बे, खामोसी, दिल से र मन पर्छन् ।
४. मनिषाको बाल्यकालको धेरैजसो समय वाराणसीमा बितेको थियो । उनले वाराणसीकै विद्यालयमा पढेकी थिइन् । पछि उनी दिल्ली शिफ्ट भइन् ।
५. मनिषाले फिल्म ‘बम्बे’, खामोसीः द म्यूजिकल’, ‘कम्पनी’ र ‘इस्केप फ्रम तालिबान’ का लागि पाँचवटा अवार्ड पनि हात पारिन् ।
६. अमेरिकाको न्यूयोर्कबाट फिल्म निर्माणमा डिप्लोमा गरेपछि उनले सन् २००४ मा सानो बजेटको फिल्म ‘पैसा वसुल’ निर्माण गरिन् । यद्यपी, उक्त फिल्म सुपर फ्लप साबित भयो ।
७. करियरबाट ब्रेक लिएपछि सन् २०१० मा उनले व्यवसायीसँग विवाह गरिन् तर दुई वर्षपछि सन् २०१२ मा उनको विवाह टुट्यो । सन् २०१२ मा नै उनलाई क्यान्सरले गाँज्यो । अमेरिकामा पाठेघर क्यान्सरको उपचारपछि अहिले उनी पूर्ण रुपमा क्यान्सरमुक्त छिन् ।
८. ९० को दशकमा मनिषा यति चर्चित थिइन् कि प्रशंसकले उनका लागि रगतले लभ लेटर लेखेर पठाउँथे । आफूलाई ‘सब्जेक्ट अफ अफेक्शन’ को साटो एक स्ट्रंग महिला भनिँदा खुसी लाग्ने बताउँछिन् ।
९. क्यान्सरमुक्त भएपछि उनले निकै लामो ब्रेकपछि हालै राजकुमार हिरानीको चलचित्र ‘सञ्जु’ मा अभिनय गरिन् ।
१०. मनिषा एक सफल अभिनेत्रीबाहेक यूएनएफपीए सद्भावना राजदुत र सामाजिक कार्यकर्ताको रुपमा पनि परिचित छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण