प्रियंका चोपडाको इन्गेजमेन्ट रिंगको मूल्य दुई करोड २५ लाख !
बलिउडकी प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँगको सम्बन्ध अझै स्विकारेकी छैनन् । यी दुईको इन्गेजमेन्ट भइसकेको पारिवारिक स्रोतले दाबी गरिसकेको छ । केही दिन अघि सिंगापुरबाट मुम्बई फर्कने बेला उनले आफ्नो हातको औंठी झिकेर पाइन्टको खल्तीमा हालेको भिडियो सार्वजनिक भएको थियो । तर उनको हालैका केही तस्बिरमा भने उनको ‘इन्गेजमेन्ट रिंग’ देखिएको छ ।
पिंकभिल्लाको रिपोर्ट अनुसार डिजाइनर मनिष मल्होत्राको पार्टीमा रबिना टण्डनसँग देखिएकी प्रियंका चोपडाको तस्बिरमा पहिलो पटक उनको हातमा औंठी देखिएको छ ।
स्रोतका अनुसार उक्त औंठी निकले लण्डनको त्षाबलथ ७ ऋय। कतयचभ मा आफैं गएर किनेका हुन् । हिराको उक्त औंठीको मूल्य दुई लाख डलर अर्थात् दुई करोड २५ लाख रुपैयाँ हो ।
रिपोर्ट अनुसार प्रियंकाले इन्गेजमेन्ट पार्टीको आयोजना गर्दैछिन् । अगस्ट १८ तारिखमा हुने यो पार्टीमा मुम्बईको पाँचतारे होटल बुक गरिएको बताइएको छ ।
स्रोतका अनुसार उक्त पार्टीमा निक जोनासको पूरा परिवार र प्रियंकाका नजिकका आफन्तलाई निम्तो दिइएको छ । उक्त पार्टीमा प्रियंकाले आफ्नो सम्बन्ध र इन्गेजमेन्टबारे आधिकारिक रुपमा पुष्टि गर्दैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण