अर्थमन्त्री डा. वाग्लेको भनाइमा एमाले सांसद बरालको नियमापत्ति
सारांश
- नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरणबारे दिएको अभिव्यक्तिमा नियमापत्ति जनाएका छन् ।
- सांसद बरालले अर्थमन्त्रीलाई तथ्य र प्रमाणका आधारमा बोल्न चुनौती दिँदै कर्मचारीले सुनाएको भरमा सदनमा बोल्न नमिल्ने बताए ।
- अर्थमन्त्री वाग्लेले भने आफूविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको हतियार चलाउन खोजिएको कर्मचारीले बताएको दाबी गरेका थिए ।
काठमाडौँ । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले बिहीबारकाे प्रतिनिधि सभाको बैठकमा सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयकको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्ति गरेका धारणामा नियमापत्ति गरेका छन् ।
उनले अर्थमन्त्री डा. वाग्लेलाई तथ्य र प्रमाणका आधारमा मात्र बोल्न चुनौती दिए । प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ९ बमोजिम नियमापत्ति जनाउँदै बरालले मन्त्री डा. वाग्लेले सदनमा दिएको अभिव्यक्ति र प्रस्तुतिमाथि प्रश्न उठाएका हुन् ।
सांसद बरालले मन्त्रीको जवाफ सुन्दा शालीन सुनिए पनि त्यसमा सत्यताको अभाव रहेको टिप्पणी गरे । ‘मन्त्रीज्यूले विगतको सन्दर्भ कोट्याएर मलाई समेत अभियोग लगाउन खोज्नुभएको छ, कर्मचारीले यस्तो भन्छन् भनेर उहाँले जे शब्द प्रयोग गर्नुभयो, त्यसले गम्भीर प्रश्न उठाएको छ,’ बरालले भने ।
उनले मन्त्रीलाई आफ्नो मनमा लागेको कुरा वा कसैले सुनाएको कुराको भरमा नभई यथार्थ कुरा सदनमा राख्न आग्रह गरे । ‘सदनमा यथार्थ कुरा भन्नुपर्छ, तथ्यलाई तोडमरोड गरेर अप्रामाणिक कुरा बोल्न मिल्दैन । सत्यको प्रकाशन हुनुपर्छ, छलकपटका कुराहरू हाउसभित्र बोलिनु हुँदैन,’ उनले भने ।
अर्थमन्त्री डा. वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन नपरेको मान्छे भन्दै आफूलाई पनि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको अहिले कर्मचारीले सुनाउने गरेको बताएका थिए ।
‘कुनै मान्छे मन परेन, सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइदे । हाम्रै पार्टी सभापतिविरुद्ध पनि त्यो हतियार चलाइएको हो । मविरुद्ध पनि यो हतियार चलाउन खोजिएको कर्मचारीहरु बताउँछन्’ डा.वाग्लेले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण