६ जिल्लाका स-साना नदीमा आकस्मिक बाढीको जोखिम
सारांश
- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा रहेका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ।
- आज कास्की, पर्वत, म्याग्दी, बर्दिया, कैलाली र आसपासका जिल्लाका स-साना नदीहरूमा पानीको बहाव बढ्ने र आकस्मिक बाढीको न्यून जोखिम रहनेछ।
- भोलि र पर्सी कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही स-साना नदीहरूमा पनि पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा रहेका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ। महाशाखाले आज एक बुलेटिन जारी गर्दै आज, भोलि र पर्सीको बाढी पूर्वानुमान सार्वजनिक गरेको हो।
महाशाखाका अनुसार आज कास्की, पर्वत, म्याग्दी, बर्दिया, कैलाली र आसपासका जिल्ला भएर बहने स-साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ। ती नदीहरूमा आकस्मिक बाढीको न्यून जोखिम रहने महाशाखाले जनाएको छ। यस्तै, भोलि र पर्सी कोशी, बागमती, गण्डकी र मधेस प्रदेश भएर बहने केही स-साना नदीहरूमा पनि पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
यद्यपि, ठुला नदीहरूको अवस्था भने हाल सामान्य रहेको छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ। यसका साथै कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सतर्कता तहभन्दा तल नै रहेको महाशाखाले स्पष्ट पारेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल
-
संवैधानिक परिषद् बैठक आह्वान
-
लालपुर्जा, नागरिकता र सीमा सुरक्षाको माग गर्दै सुस्तावासीको आज पनि माइतीघरमा धर्ना, तस्बिरहरु
-
काठमाडौँमा सुस्तावासीको धर्ना : गृहमन्त्रीको आश्वासनले मानेनन्, प्रधानमन्त्रीलाई नै भेट्ने अडान
-
कर्णालीको भेलमा बेपत्ता गाडी र यात्रुको अवस्था अझै अज्ञात
-
सक्कली नोट झिकेर नक्कली नोट राख्ने बैंक म्यानेजरको कर्तुत पर्दाफास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण