इजरायलले इरानी वार्ताकारको हत्या गर्ने योजना बनाएको दाबी
सारांश
- अमेरिकी सञ्चारमाध्यमहरूले इजरायलले इरानका प्रमुख वार्ताकारहरूको हत्या गर्ने योजना बनाएको दाबी गरेका छन् ।
- इजरायलले इरानी विदेशमन्त्री अब्बास अराघची र प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफलाई निशाना बनाउने योजना बनाएको समाचारमा जनाइएको छ ।
- अमेरिकी प्रशासनले मध्यपूर्वका केही देशमार्फत इरानलाई सम्भावित जोखिमबारे सचेत गराएको थियो ।
वासिङ्टन डीसी । इजरायलले यस वर्षको सुरुमा अमेरिका–इरानबिच तनाव अन्त्य गर्ने उद्देश्यले भइरहेको वार्ताका क्रममा इरानका प्रमुख वार्ताकारहरूको हत्या गर्ने योजना बनाएको अमेरिकी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।
द न्यूयोर्क टाइम्स र द वासिङ्टन पोस्टले नाम नखुलाइएका अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इजरायलले इरानी विदेशमन्त्री अब्बास अराघची तथा इरानका प्रमुख वार्ताकार एवं संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफलाई निशाना बनाउने योजना बनाएको जनाएको हो ।
द वासिङ्टन पोस्टसँग कुरा गरेका एक अमेरिकी अधिकारीका अनुसार, ‘यदि उनीहरूलाई मारिएको भए वार्ता र कूटनीतिक समाधानको पक्षमा रहेका व्यावहारिक नेताहरू नै समाप्त हुने थिए,’ । द न्यूयोर्क टाइम्सका अनुसार अमेरिकी प्रशासनले सम्भावित जोखिमबारे इरानलाई सचेत गराउन मध्यपूर्वका केही देशमार्फत सन्देश पठाएको थियो । यी दाबीबारे इजरायल वा इरानले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।
समाचारमा इजरायलले क्षेत्रीय द्वन्द्व अन्त्यका लागि भइरहेका वार्तालाई प्रभावित पार्ने उद्देश्यले वार्तामा संलग्न पक्षलाई यसअघि पनि निशाना बनाएको उल्लेख गरिएको छ । गत अक्टोबरमा इजरायली सेनाले दोहामा रहेको हमासको एक परिसरमा आक्रमण गरेको थियो । उक्त समयमा हमासका अधिकारीहरूले इजरायलसँग प्रस्तावित युद्धविराम सम्झौताबारे अध्ययन गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाद्वारा विद्यालयलाई शौचालय हस्तान्तरण
-
फरार दुई प्रतिवादी पक्राउ
-
पहिलो हाफ सकिँदा घानाविरुद्ध कोलम्बियाको १–० को अग्रता
-
बाँकेको ग्रामिण क्षेत्रका औषधि पसलको अनुगमन
-
कलाकर्मीका नजरमा बालेन सरकारको १०० दिन : कला क्षेत्रमा आशा गर्ने ठाउँ देखिए
-
फरफराइरहेको आँखामा हिर्काउँदा यी पुरुषको दृष्टि नै गुम्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण