लालपुर्जा, नागरिकता र सीमा सुरक्षाको माग गर्दै सुस्तावासीको आज पनि माइतीघरमा धर्ना, तस्बिरहरु
सारांश
- नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा वितरण, नेपाली नागरिकता र सीमा सुरक्षाको माग गर्दै असार १६ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना जारी राखेका छन्।
- सुस्तावासीले भारतीय सुरक्षाकर्मीबाट दुःख, दबाब र अवरोध भोग्नुपरेको गुनासो गर्दै आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन काठमाडौंमा धर्ना सुरु गरेका हुन्।
- प्रदर्शनकारीले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, पहिचान र अधिकार सुनिश्चित गर्न, भारतीय अतिक्रमण रोक्न कूटनीतिक पहल गर्न, सीमा सुरक्षा प्रभावकारी बनाउन, तत्काल नागरिकता उपलब्ध गराउन र जग्गाको लालपुर्जा वितरण गर्न माग गरेका छन्।
काठमाडौँ । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा वितरण, नेपाली नागरिकता तथा सीमा सुरक्षालगायतका माग राख्दै असार १६ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा सुरु गरेको शान्तिपूर्ण धर्ना बिहीबार पनि जारी राखेका छन्।
_dGDa5Fursj.jpg)
सुस्तावासीले भारतीय सुरक्षाकर्मीबाट विभिन्न प्रकारका दुःख, दबाब र अवरोध भोग्नुपरेको गुनासो गर्दै आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन काठमाडौंमा धर्ना सुरु गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, पहिचान र अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले वर्षौंदेखि नागरिकता र आफूहरूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्वबाट वञ्चित रहँदै आएको बताएका छन्।
_EgRZybyLsC.jpg)
प्रदर्शनकारीले भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउनुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउनुपर्ने तथा भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गर्नुपर्ने माग गरेका छन्।
उनीहरूले आफ्ना माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने चेतावनीसमेत दिएका छन्।
_XoEf4EAYpQ.jpg)
_fgTqcjIzqS.jpg)
_9aNEFTglhW.jpg)
_mmCWLNv1Yy.jpg)
_qLmtZObMpN.jpg)
_6IIsguiGAN.jpg)
_n1puLwC8kP.jpg)
_eHQ9S2n2GJ.jpg)
_SmXyqOR4Be.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुला प्रतिस्पर्धाबाट नियुक्त कर्मचारीको ज्येष्ठता नियुक्ति पाएको मितिबाटै कायम हुने
-
बजेटमा लगानी, नीति र कार्यक्रमबिच तालमेल देखिएन : रामकुमारी झाक्री
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : पुरुषमा अशोक भण्डारी र महिलामा पूजा साउँद ‘सुदूरपश्चिम आइकन’
-
कर्मचारी नपठाएर मौलापुरको बजेट ‘फ्रिज’ गराउन खोजिएको मेयर साहको आरोप
-
बैतडी बस दुर्घटना अपडेट : चालकसहित १७ जना घाइते, दुई जनाको अवस्था गम्भीर
-
ग्लोबल आइएमई बैंकको एआई/एमएल ह्याकाथन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण