सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
अपराध

ललितपुरमा युवतीमाथि अश्लील हर्कत गर्ने पुरुष सरकारी कर्मचारी

सोमबार, २२ असार २०८३, १३ : १२
सोमबार, २२ असार २०८३

सारांश

  • ललितपुरको इमाडोलमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने सरकारी कर्मचारी सुरेन्द्र भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।
  • पीडित युवतीले घटनाको भिडियो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गरेपछि आरोपी भट्टलाई बैतडी घर बताउने सरकारी कर्मचारीको रूपमा पहिचान गरी पक्राउ गरिएको हो ।
  • प्रहरीले सिसिटिभी फुटेज सङ्कलन गरी घटनाको अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । ललितपुरको इमाडोल स्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् ।

घटनामा संलग्न आरोपमा बैतडी घर भएका सुरेन्द्र भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । आरोपी भट्ट सरकारी कर्मचारी हुन् । उनी शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत रहेको थाहा भएको छ ।

गल्लीमा एक्लै देखेपछि भट्टले कपडा खोलेर गोप्य अङ्ग देखाएको युवतीको आरोप छ । त्यसपछि उनले हिम्मत गरेर आफ्नो स्मार्ट फोन मार्फत भिडियो खिच्दै फलो गरिन् र पक्राउ गरिदिन आग्रह गरिन् । अर्का यात्रुले आरोपीलाई नियन्त्रणमा लिएपछि पीडितले खुट्टा ढोग्न लगाएको र आरोपीले ‘सरी’ भनेको भिडियोमा देख्न सकिन्छ ।

पीडितले दिएको निवेदनको आधारमा प्रहरी प्रभाग इमाडोलले त्यसबारे अनुसन्धान थालेको थियो । सिसिटिभी फुटेज सङ्कलन गरेर घटनाबारे अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप