बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

एसियाली बजारमा आज तेलको मूल्य १ प्रतिशतले बढ्याे

बिहीबार, २५ असार २०८३, १० : ४४
बिहीबार, २५ असार २०८३

सारांश

  • इरान र अमेरिकाबिचको तनाव पुनः चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही सातायताकै उच्च स्तरमा पुगेको छ ।
  • एसियाली कारोबारमा तेलको मूल्य करिब १ प्रतिशतले बढेको हो ।
  • यो वृद्धिसँगै तेलको मूल्य जुन महिनाको मध्यतिर देखिएको स्तर नजिक पुगेको हो ।

न्यूयोर्क । इरान र अमेरिकाबिचको तनाव पुनः चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही सातायताकै उच्च स्तरमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको शान्ति सम्झौता समाप्त भएको बताएका भोलिपल्ट एसियाली कारोबारमा तेलको मूल्य करिब १ प्रतिशतले बढेको हो ।

इरानले स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाजहरूलाई लक्षित आक्रमण गरेपछि पश्चिम एसियाबाट हुने विश्व बजारमा ऊर्जा आपूर्तिमा थप अवरोध आउन सक्ने चिन्ता बढेको छ । यही कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उकालो लागेको विश्लेषण गरिएको छ ।

कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ बिहीबार करिब १ प्रतिशतले बढेर प्रति ब्यारेल ७८ डलर ८० सेन्टमा पुगेको छ । त्यस्तै, अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) क्रुड पनि उही दरले बढेर प्रति ब्यारेल ७४ डलर ३० सेन्टमा पुगेको छ ।

यो वृद्धिसँगै तेलको मूल्य जुन महिनाको मध्यतिर देखिएको स्तर नजिक पुगेको हो । त्यतिबेला अमेरिका र इरानले द्वन्द्व अन्त्यका विषयमा छलफल गर्न अन्तरिम सहमतिको घोषणा गरेका थिए । हालको मूल्य युद्धको प्रारम्भिक चरणमा स्तरभन्दा अझै तल छ । युद्ध सुरु हुँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब १२० अमेरिकी डलरसम्म पुगेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप