सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
बिहीबार, २५ असार २०८३, ११ : ३८
सारांश
- नेकपा एमालेकी सांसद यसुदाकुमारी बरालले संसदमार्फत सरकारलाई सुकुमबासी जनता हुन् कि होइनन् भनी प्रश्न गरेकी छन् ।
- सांसद बरालले सुकुमबासीलाई २५ हजार रकम दिएर सडकमा धकेल्दा मानवअधिकार हनन् हुन्छ कि हुँदैन भनी प्रश्न गरेकी छन् ।
- उनले साझा यातायातको रङ फेरेर देशभर चलाउने हो कि फेसबुकका भित्ता रंग्याउनमात्र प्रचार गरिएको हो भनी प्रश्न गरिन् ।
काठमाडौँ । नेकपा एमालेकी सांसद यसुदाकुमारी बरालले सुकुमबासी जनता हुन् कि होइनन् भनेर संसदमार्फत सरकारलाई प्रश्न गरेकी छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले सरकारले सुकुमबासीलाई गरेको व्यवहारप्रति कटाक्ष गर्दै यस्तो प्रश्न गरेकी हुन् ।
‘सुकुमबासी जनता हुन् कि होइनन् ? उहाँहरूले बाच्न पाउने कि नपाउने ? र उहाँहरूलाई २५ हजार रकम हातमा थमाएर सडकमा धकेल्दा मानवअधिकार हनन् हुन्छ कि हुँदैन ?’, बरालको प्रश्न छ ।
उनले गरिबका आँसु महँगो हुने भन्दै उनले साझा यातायातको रङ फेरेर देशभर चलाउने हो कि फेसबुकका भित्ता रंग्याउनमात्र प्रचार गरिएको हो भन्दै प्रश्न गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण