बिदाको दिनमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने
बिहीबार, २५ असार २०८३, १२ : ३६
सारांश
- ठुला भुक्तानीमा प्रयोग हुने रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली बिदाको दिनमा समेत सञ्चालन हुने भएको छ ।
- आर्थिक वर्षको अन्तिम समयमा हुने कारोबार तथा भुक्तानी चापलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले यो प्रणालीलाई खुला राख्न लागेको हो ।
- राष्ट्र बैंकले असार २७ गते शनिबार र २८ गते आइतबारका दिन यो प्रणाली यथावत् सञ्चालन गर्ने सूचना जारी गरेको छ ।
काठमाडौँ । ठुला भुक्तानीमा प्रयोग हुने रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली बिदाको दिनमा समेत सञ्चालन हुने भएको छ ।
आर्थिक वर्षको अन्तिम समयमा हुने कारोबार तथा भुक्तानी चापलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको अन्तिम साताको सार्वजनिक बिदामा यो प्रणालीलाई खुला नै राख्न लागेको हो ।
राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै असार २७ गते शनिबार र २८ गते आइतबारका दिन यो प्रणाली यथावत् सञ्चालन गर्ने जनाएको छ ।
सबैजसो बैंक तथा वित्तीय संस्था आबद्ध रहेको यो प्रणाली राष्ट्र बैंकले नै सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण