सुदूरपश्चिम प्रदेशको बजेटबारे सत्तापक्षकै चर्को विरोध, प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
सारांश
- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सत्तापक्षका सांसदहरूबाटै तीव्र असन्तुष्टि र विरोध भएपछि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
- सत्तापक्षका सांसदहरूले बजेटमा कमजोरी, त्रुटि रहेको र यसले प्रदेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न नसक्ने भन्दै व्यापक संशोधनको माग गरेका छन् ।
- आर्थिक मामिलामन्त्रीले बजेटमा केही त्रुटि स्वीकार गर्दै कार्यान्वयन नगर्ने प्रतिबद्धता जनाएका छन्, तर मन्त्रालयगत छलफल र बजेट पारित गर्ने प्रक्रिया अनिश्चित बनेको छ ।
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ९२०८३/०८४० को बजेटमाथि प्रदेश सभामा बिहीबार सामान्य छलफल भएको छ । बजेटमाथि सत्तापक्षका सांसदहरूबाटै तीव्र असन्तुष्टि र विरोध भएपछि प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
छलफलका क्रममा नेपाली कांग्रेसका सांसद एवं पूर्वआर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले बजेटमा थुप्रै कमजोरी र त्रुटि रहेको औंल्याए । आफू सत्ता पक्षको सांसद भएका कारण बजेटको समर्थन गरे पनि यसमा सुधार गर्नुपर्ने थुप्रै पक्ष रहेको उनले बताए ।
त्यस्तै, सत्ता साझेदार नेकपा एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले बजेटले प्रदेशको अर्थतन्त्रमा कुनै सकारात्मक प्रभाव पार्न नसक्ने र यो नीति तथा कार्यक्रमसँग मेल नखाएको दाबी गरे । मल्लले मन्त्रालयमा बन्नुपर्ने बजेट अन्यत्रै बनाइएको आरोप लगाउँदै यसमा व्यापक संशोधनको माग गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले पनि बजेटको विरोध गरेका छन् । सांसदहरूले उठाएका प्रश्नको जबाफ दिँदै आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बजेटमा केही त्रुटि भएको स्वीकार गरे । उनले त्रुटि भएका र दोहोरिएका शीर्षकका बजेट कार्यान्वयन नगर्ने प्रतिबद्धता जनाउँदै संशोधनसहित बजेट पारित गर्न आग्रह गरे । उनले बजेट निर्माणमा कुनै ुखरिद बिक्रीु नभएको दाबी गर्दै यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताए ।
बजेटमाथि सत्तापक्षकै सांसदहरूको विरोध र अन्यौलका कारण सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका छन् । यसले मन्त्रालयगत छलफल र बजेट पारित गर्ने प्रक्रियालाई अनिश्चित बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
-
फेसबुक ह्याक गरी आफन्त बनेर रकम ठगी गर्ने आरोपमा एक जना पक्राउ
-
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण