अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
काठमाडौँ। इरानले अमेरिकी हवाई आक्रमणको जवाफस्वरूप खाडी क्षेत्रका कतार, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य पूर्वाधारमा ड्रोन तथा मिसाइलमार्फत आक्रमण गरेको जनाएको छ। यससँगै तीन साताअघि भएको युद्धविराम थप तनावग्रस्त बनेको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार जुलाई ८ र ९ मा भएको अमेरिकी आक्रमणमा १४ जनाको मृत्यु र ७८ जना घाइते भएका छन्। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले भने इरानका करिब ९० वटा सैन्य लक्ष्यमा आक्रमण गरिएको पुष्टि गरेको छ। ती लक्ष्यमा हवाई प्रतिरक्षा प्रणाली, मिसाइल तथा ड्रोन भण्डारणस्थल र तटीय सैन्य पूर्वाधार रहेका छन्।
यता इरानले फेब्रुअरी २८ मा अमेरिकी हवाई आक्रमणमा मारिएका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको बिहीबार उत्तरपूर्वी सहर मशहदस्थित पवित्र धार्मिक स्थलमा अन्त्येष्टि गर्ने तयारी गरेको छ।
यसैबिच कतारले कूटनीतिक समाधानमा फर्किन सबै पक्षलाई आग्रह गरेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो आक्रमणले पूर्ण युद्धको रूप नलिने विश्वास व्यक्त गरेका छन्। उता, इरानले भने 'आक्रमण गरिए त्यसको जवाफ दिइनेछ' भन्दै हर्मुज जलडमरूमध्य इरानकै व्यवस्थाअनुसार मात्र खुल्ने चेतावनी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण