गणेश आत्मदाह प्रकरणमा बाबुराम भन्छन्– ज्वालामुखीलाई स्याउलाले छोपेर टार्न खोज्ने लज्जास्पद चरित्र उजागर
शुक्रबार, २६ असार २०८३, १५ : ००
सारांश
- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पठाओ चालक गणेश नेपालीको मृत्युलाई युवा बेरोजगारी र राज्यको लज्जास्पद चरित्रको उपज भनेका छन् ।
- उनले मुगुका २५ वर्षीय गणेश नेपालीको राहदानी विभाग अगाडि आत्मदाह प्रयासको क्रममा जलेर भएको निधनलाई गम्भीर अर्थ राजनीतिक सङ्कटको सङ्केत मानेका छन् ।
- भट्टराईले राज्य संरचनाले समस्याको दिगो समाधान नखोजेर ज्वालामुखीलाई स्याउलाले छोप्न खोजेको आरोप लगाएका छन् ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पठाओ चालक गणेश नेपालीको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले नेपालीको मृत्युवरण मात्र नभई पचासौँ लाख युवालाई बेरोजगार बनाउने देशको गम्भीर अर्थ राजनीतिक सङ्कट भएको लेखेका छन् ।
‘मुगुका २५ वर्षीय युवा गणेश नेपालीको राजधानी काठमाडौँमा राहदानी विभाग अगाडि आत्मदाह प्रयासको क्रममा जलेर निधन हुनु अत्यन्त दुःखद र गम्भीर घटना हो’, उनले लेखेका छन्, ‘यसले एकजना होनहार युवाको अकालमा दुःखद मृत्युवरण मात्र हैन पचासौँ लाख युवालाई बेरोजगार बनाउने देशको गम्भीर अर्थ राजनीतिक सङ्कट र त्यसको दिगो समाधान सट्टा ज्वालामुखीलाई स्याउलाले छोपेर टार्न खोज्ने राज्य संरचनाको लज्जास्पद चरित्रलाई उजागर गर्छ ! सबै गम्भीर बनौँ !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण