गणेश नेपालीको मृत्युको विरोधमा वैदिक सनातन युवा मोर्चाद्वारा प्रदर्शन
शुक्रबार, २६ असार २०८३, १५ : ०२
सारांश
- मुगुका गणेश नेपालीको मृत्युको विरोधमा वैदिक सनातन युवा मोर्चाद्वारा काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
- प्रदर्शनकारीहरूले काठमाडौं महानगरपालिका र सरकारको चर्को विरोध गर्दै देशको नीति र प्रणालीले युवाहरूलाई आत्मदाह वा आत्महत्या जस्तो कदम चाल्न बाध्य पारेको आरोप लगाएका छन्।
- उनीहरूले तत्काल श्रममैत्री वातावरण निर्माण गर्न माग गर्दै देशमा स्वरोजगार नागरिक सुरक्षित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
काठमाडौँ । मुगुका गणेश नेपालीको मृत्युको घटनालाई लिएर काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।
वैदिक सनातन युवा मोर्चाको आयोजनामा भएको उक्त प्रदर्शन भएको हो ।
_9NE7BTLbWu.jpg)
प्रदर्शनमा सहभागीहरूले काठमाडौं महानगरपालिका र सरकारको चर्को विरोध गर्दै नाराबाजी गरेका छन्। उनीहरूले ‘फासीवादी सरकार मुर्दाबाद, आतंक बन्द गर’ लगायतका नाराहरू लगाएका थिए।
_tSfAcEZX5a.jpg)
देशको विद्यमान नीति र प्रणालीले नै युवाहरूलाई आत्मदाह वा आत्महत्या जस्तो आत्मघाती कदम चाल्न बाध्य पारेको प्रदर्शनकारीहरूको आरोप छ।
महानगरको कडा नीति र सरकारको उदासीनताका कारण श्रमजीवी वर्गले आफ्नै देशमा बाँच्न पाउने अधिकार गुमाउनु परेको भन्दै उनीहरूले तत्काल श्रममैत्री वातावरण निर्माण गर्न माग गरेका छन्। देशमा स्वरोजगार नागरिक सुरक्षित नभएसम्म आन्दोलन जारी रहने चेतावनी समेत मोर्चाले दिएको छ।
_e5vUMhl7tb.jpg)
_6AVygFFfr8.jpg)
_L4UgmfDtZw.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण