इनोभेक्स एमआईटीलाई दोहोरो उपाधि
सारांश
- इनोभेक्स एमआईटी क्लबले काठमाडौँ विश्वविद्यालयको 'आविष्कार २६' मा रोबो वार र एक्वा रस दुवैमा प्रथम स्थान हासिल गरेको छ।
- क्लबको छोटो समयमै प्राप्त यो दोहोरो जितले टोलीको लगनशीलता र प्राविधिक दक्षतालाई दर्शाएको छ।
- यो सफलताले नेपालको रोबोटिक्स र इन्जिनियरिङ क्षेत्रमा इनोभेक्स एमआईटीको बढ्दो उपस्थितिलाई प्रस्ट पारेको छ।
काठमाडौँ । एमआईटीको रोबोटिक्स एन्ड आईओटी क्लब, इनोभेक्स एमआईटीले काठमाडौँ विश्वविद्यालयद्वारा आयोजित 'आविष्कार २६' मा उत्कृष्ट प्रदर्शन गर्दै दुईवटा महत्त्वपूर्ण उपाधि जितेको छ।
काठमाडौँ विश्वविद्यालयमा जुलाई ७ र ८ तारिखमा सञ्चालन भएको उक्त प्रतिस्पर्धामा क्लबले १५ केजी रोबो वार र एक्वा रस दुवै विधामा पहिलो स्थान हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गरेको हो।
यस क्लब स्थापना भएको छोटो समयमै प्राप्त भएको यो सफलतालाई विशेष महत्त्वका साथ हेरिएको छ। यसले टोलीको लगनशीलता, प्राविधिक दक्षता र नवीन सोचलाई प्रतिबिम्बित गरेको छ। यो दोहोरो जितले इनोभेक्स एमआईटीका लागि एक सुखद र आशालाग्दो सुरुवातको सङ्केत गरेको छ भने नेपालको रोबोटिक्स र इन्जिनियरिङ समुदायमा यसको बढ्दो उपस्थितिलाई समेत प्रस्ट पारेको छ।
यो उल्लेखनीय सफलताका लागि सम्पूर्ण टोली बधाईको पात्र बनेको छ। आगामी दिनहरूमा पनि इनोभेक्स एमआईटीले आफ्नो नवीन अनुसन्धानलाई निरन्तरता दिँदै प्रतिस्पर्धा गर्ने र भविष्यमा अझ ठुला सफलताका माइलस्तम्भहरू पार गर्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण