लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन : एमाले नेता आचार्य
सारांश
- नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले लोकतन्त्रमा जनादेशलाई स्वेच्छाचारिताको रुपमा बुझ्नु नहुने बताएका छन् ।
- आचार्यले बाढी र डुबानपछि होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन, सुकुमबासी तथा विपन्न नागरिकलाई वैकल्पिक व्यवस्थाबिनै विस्थापन गर्न खोज्नु अमानवीय भएको बताएका छन् ।
- उनले सरकारले संविधानले सुनिश्चित गरेको बाँच्न पाउने तथा सुरक्षित आवासको अधिकारको सम्मान गर्नुपर्ने र पहिले व्यवस्थापन, अनि विस्थापनको नीति अवलम्बन गर्नुपर्ने माग गरेका छन् ।
काठमाडौँ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले लोकतन्त्रमा जनादेशलाई स्वेच्छाचारिताको रुपमा बुझ्नु नहुने बताएका छन् । वर्तमान सरकारका गतिविधिप्रति संकेत गर्दै आचार्यले जनताले दिएको जनादेश जनहितका लागि भएको तर त्यसलाई स्वेच्छाचारी ढङ्गले दुरुपयोग गर्नु गम्भीर भएको बताएका छन् ।
आज सामाजिक सञ्जालमा लेख्दै आचार्यले बाढी र डुबानपछि होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन, सुकुमबासी तथा विपन्न नागरिकलाई उनले वैकल्पिक व्यवस्थाबिनै विस्थापन गर्न खोज्नु अमानवीय भएको बताएका छन्।
आचार्यले निकै ठुलो त्रास र डुबानको चोट खेपेर होल्डिङ सेन्टरमा बसिरहेका भूमिहीन, सुकुमबासी र विपन्न नागरिकहरू यतिबेला झन् ठुलो अभाव, मानसिक तनाव र विस्थापनको त्रासमा छन् उल्लेख गरेका छन् । उनले राज्यकै आश्रयस्थलमा रहेका नागरिकलाई हट्न अल्टिमेटम दिने, धम्क्याउने तथा भोकमरीको जोखिममा धकेल्ने कार्य निन्दनीय र अमानवीय भएको टिप्पणी गरेका छन् । साथै, लोकतन्त्रमा जनादेशको अर्थ स्वेच्छाचारिता होइन, भन्दै सरकारको भूमिकाप्रति प्रश्न उठाएका छन्।
आचार्यले संविधानले सुनिश्चित गरेको बाँच्न पाउने तथा सुरक्षित आवासको अधिकारको सम्मान गर्न सरकारसँग माग गरेका छन् । उनले पहिले व्यवस्थापन, अनि विस्थापनको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै वैकल्पिक बसोबास, पुनर्स्थापना र जीविकोपार्जनको सुनिश्चिततापछि मात्रै प्रभावित नागरिकलाई स्थानान्तरण गर्नुपर्ने बताएका छन्।
उनले नागरिकमाथि बल प्रयोग गर्ने तथा मानवअधिकार विपरीतका सबै गतिविधि तत्काल रोक्न सरकारसँग आग्रह गरेका छन् । आचार्यले सरकारको ध्यानाकर्षण गराउँदै नागरिकका आधारभूत आवश्यकता र मानवीय संवेदनशीलतालाई बेवास्ता गर्दा गम्भीर सामाजिक असन्तोष उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्। उनले सरकार संविधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गगन थापाको घर अगाडिको शङ्कास्पद गाडी प्रहरीले क्रेन लगाएर हटायो
-
प्रतिबन्धदेखि रणनीतिक साझेदारीसम्म : एसिया प्रशान्त क्षेत्रमा बदलिँदो भारतको भूमिका
-
जनकपुर उपमहानगरले ल्यायो २ अर्ब ६५ करोडको बजेट
-
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूको सजाय निर्धारण आज नहुने
-
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण