गणेश नेपालीको शव अन्त्येष्टिका लागि आर्यघाट लगियो
सारांश
- वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टि गरिएको छ।
- नेपाल सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएपछि शवलाई अन्तिम संस्कारका लागि आर्यघाट लगिएको हो।
- सहमतिअनुसार घटनाको छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा समिति गठन गरिनेछ र मृतकलाई सहिद घोषणा गर्ने विषयमा निर्णय प्रक्रिया अघि बढाइनेछ।
काठमाडौँ । वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टि गरिने भएको छ ।
घटनालाई लिएर नेपाल सरकार (स्थानीय तहसहित) र पीडित पक्षबिच ९ बुँदे सहमति भएसँगै नेपालीको शवलाई अन्तिम संस्कारका लागि आर्यघाट लगिएको हो ।
_qsn5cGAq4U.jpg)
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। उक्त समितिले गठन भएको सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेस गर्ने उल्लेख छ।
_n2d9QeTzxz.jpg)
सहमतिमा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइने पनि उल्लेख गरिएको छ।
_zd5dYxTVh9.jpg)
साथै घटनाका दिन फिल्डमा खटिएका काठमाडौँ महानगर प्रहरीका कर्मचारीलाई हालका लागि निलम्बन गरी छानबिन प्रतिवेदनअनुसार थप कारबाही गरिने सहमति भएको छ।
_DLbFwKRwZw.jpg)
पीडित परिवारलाई राहतस्वरूप मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा काठमाडौँ महानगरपालिकामा रोजगारी उपलब्ध गराइने, छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यवस्थापन गरिने तथा आगामी कार्यपालिका बैठकबाट उचित राहत रकम उपलब्ध गराइने सहमतिमा उल्लेख छ।
_RHnRKeHwMn.jpg)
त्यसैगरी, अन्तिम संस्कारको सम्पूर्ण व्यवस्था, आफन्तको यातायात तथा काठमाडौँ बसाइ खर्च, शव बुझ्ने र पोस्टमार्टमलगायत कानुनी प्रक्रिया सहज बनाउने तथा परिवारका एकाघरका सदस्यको स्वास्थ्य बीमाको व्यवस्था गर्ने विषयमा पनि सरकार र महानगरले जिम्मेवारी लिने सहमति भएको छ।
_kFZsJ2rwsS.jpg)
_Vp2Wlv0vpB.jpg)
_ktLSyl90Df.jpg)
_niajZBbWYz.jpg)
_aJi1BrMNuk.jpg)
_NUquwYD63B.jpg)
_0pVlqLoTDy.jpg)
_PCq1pihPlw.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दाहाल र रजिस्ट्रारमा भट्टराई नियुक्त
-
कसले सिर्जना गरायो 'गाडी आतंक’ ?
-
दुर्लभ रोगको चारवर्षे कठिन उपचार यात्रा : थोरै तंग्रिए, पूरै निको हुन पुग्दैन खर्चले
-
भूमि व्यवस्थापनका लागि भएका कामकारबाहीको जानकारी गराउन निर्देशन
-
पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर ८ घण्टापछि सञ्चालन
-
भुजेल संस्कृति संरक्षण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण