पशुपति आर्यघाटमा गणेश नेपालीको अन्त्येष्टि
सोमबार, २९ असार २०८३, १८ : १५
२
सारांश
- काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
- उपचारका क्रममा निधन भएका नेपालीको परिवारले शव बुझेको थिएन।
- सरकार, काठमाडौँ महानगरपालिका र पीडित परिवारबिच ९ बुँदे सहमति भएपछि परिवारले शव बुझी अन्त्येष्टि गरेको हो।
काठमाडाैँ। काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको अन्त्येष्टि गरिएको छ। सोमबार नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।
त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेपछि नेपालीलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा निधन भएको थियो। निधनपछि उनका परिवारले शव बुझेका थिएनन्।
आइतबार सरकार, काठमाडौँ महानगरपालिका र पीडित परिवारबिच ९ बुँदे सहमति भएपछि परिवारले शव बुझेको हो। सहमतिपछि पोस्टमार्टम लगायतका कानुनी प्रक्रिया पूरा गरी सोमबार नेपालीको अन्त्येष्टि गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी
-
एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा. जगदीशकुमार क्षेत्री
-
पहिरोको जोखिमपछि हेटौँडामै रोकिए काठमाडौँ जाने सवारीसाधन
-
ऊर्जामा निजी क्षेत्रका समस्या सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गरिने
-
‘फेस अफ नेपाल’को तेस्रो संस्करण हुँदै, साउन २ देखि अडिसन
-
काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढ्यो, थप खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण