एसियाली जुडोमा नेपालका दुई खेलाडी सहभागी
सोमबार, २९ असार २०८३, १८ : ५६
काठमाडौं । जोर्डनको अम्मानमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा भएका छन् ।
यही असार ३२ देखि साउन ३ गतेसम्म हुने उक्त प्रतियोगिताको पुरुष ६६ केजीमुनि विशेष विक र ६० केजीमुनि सविनकुमार दियालीले प्रतिस्पर्धा गर्नेछन् । त्यस प्रतिस्पर्धामा सहभागी हुने नेपाली टोली आजै जोर्डनको अम्मान प्रस्थान गरेको छ ।
उक्त प्रतियोगिताको टिम व्यवस्थापकमा नेपाल जुडो सङ्घका महासचिव प्रकाशचन्द्र पाण्डे तथा प्रशिक्षकमा कविराम घर्तीमगर रहेका छन् । जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य पनि अम्मान प्रस्तान गरेका छन् ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समिति सदस्य सिक्का सुवाल श्रेष्ठले आजै यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना प्रदान गर्दै बिदाई गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान विधेयकमा अन्तर्राष्ट्रिय सहकार्यको दायरा स्पष्ट पार्न सुझाव
-
गुराँस गाउँपालिकाको ठेक्कामा हिनामिना : तत्कालीन प्रशासकीय अधिकृत र ठेकदार दोषी ठहर
-
कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा
-
मिनी क्यासिनो बन्द हुने अवस्था, ५ हजार श्रमिकको रोजगारी संकटमा
-
शङ्कास्पद गाडी पार्किङको विषय संसदीय समितिमा उठ्यो
-
‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण