शेख हमादको निधनमा शोक व्यक्त गर्न उपराष्ट्रपति यादव कतार जाँदै
मङ्गलबार, ३० असार २०८३, ११ : ११
सारांश
- उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका 'फादर अमिर' शेख हमद बिन खलिफा अल थानीको निधनमा नेपाल सरकारको तर्फबाट शोक व्यक्त गर्न कतारको औपचारिक भ्रमणमा जान लागेका छन्।
- उपराष्ट्रपति यादव साउन ३० देखि साउन ३२ गतेसम्म कतारको भ्रमणमा रहनेछन्।
- भ्रमणका क्रममा उनले साउन ३१ गते कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई भेटेर राष्ट्रपति पौडेलले पठाएको शोक सन्देश हस्तान्तरण गर्नेछन्।
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका ‘फादर अमिर’ शेख हमाद बिन खलिफा अल थानीको निधनमा नेपाल सरकारको तर्फबाट शोक व्यक्त गर्न कतारको औपचारिक भ्रमणमा जाने भएका छन्। उपराष्ट्रपति कार्यालयका अनुसार उपराष्ट्रपति यादव आज दिउँसो कतार प्रस्थान गर्ने छन् ।
उनी साउन ३० देखि साउन ३२ गतेसम्म कतारको भ्रमणमा रहनेछन्।भ्रमणका क्रममा उपराष्ट्रपति यादवले साउन ३१ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई भेट्ने कार्यक्रम छ। सो अवसरमा उनले राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको शोक सन्देशको पत्र कतारी अमिरलाई हस्तान्तरण गर्नेछन्।
उच्चपदस्थ सरकारी अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार गएका उपराष्ट्रपति यादव भ्रमण सम्पन्न गरी साउन ३२ गते काठमाडौँ फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण : राष्ट्रिय महत्त्वका सम्पदामा तीनै तहको सरकारले स्रोत ब्यहोर्ने
-
बीमा शुल्क बुझाउन सजिलो, दाबी भुक्तानी पाउन सास्ती: सांसद राणा
-
१२ दिन बित्यो तर भेटिएन कर्णाली नदीमा बेपत्ता गाडी र सहचालक, खोजी टोली फर्कियो
-
जेनजी आन्दोलन छानबिनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न मानवअधिकार आयोगका पूर्वआयुक्तहरूको माग
-
लगातारको वर्षाले चितवनका विभिन्न क्षेत्र डुबानमा
-
बीमा लाइसेन्स र मर्जर नीतिमा अर्बौँको चलखेल भएको सांसद लिमा अधिकारीको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण