मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नक्कली भुटानी शरणार्थी प्रकरण

मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?

मङ्गलबार, ३० असार २०८३, २१ : १५
मङ्गलबार, ३० असार २०८३

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र सानु भण्डारीलाई समान ४ वर्ष कैद र ४० हजार जरिबानाको सजाय तोकिएको छ । दुवै जना मुद्दाको सुरुवातदेखि नै पुर्पक्षका लागि थुनामा छन्। अब दुलाल र भण्डारी एक वर्ष जेल सजाय भुक्तान पछि छुट्ने छन् ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले यस प्रकरणका ‘मास्टरमाइन्ड’ मानिएका दुवै जनालाई जनही ४० हजार रुपैयाँ जरिवाना समेत गर्ने फैसला गरेको हो । अदालतले उनीहरूलाई ठगी, सङ्गठित अपराध, सरकारी लिखत किर्ते र राज्य विरुद्धको कसुरमा दोषी ठहर गर्दै एकीकृत सजाय को सिद्धान्त बमोजिम यो फैसला सुनाएको हो ।  

मुख्य योजनाकार मानिएका दुलाल र भण्डारीलाई सरकारी लिखत किर्ते कसुरमा २ वर्ष कैद र २० हजार जरिबाना, ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, सङ्गठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा १ वर्ष कैद र १५ हजार जरिबाना सुनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप