बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

आजदेखि भरी सिलिण्डर ग्यास पाइने

बुधबार, ३१ असार २०८३, ०६ : ३३
बुधबार, ३१ असार २०८३

सारांश

  • नेपाल आयल निगमले आजदेखि देशभरि १४.२ केजीको पूर्ण ग्यास सिलिन्डर बिक्री वितरणको व्यवस्था मिलाएको छ।
  • उपभोक्ताको माग र इन्डियन आयलका प्लान्टबाट लोडिङ सुधार भएपछि निगमले साविककै १४.२ केजी ग्यास भर्ने निर्णय गरेको हो।
  • १४.२ केजी ग्यास सिलिन्डरको मूल्य दुई हजार ६० रुपैयाँ तोकिएको छ।

काठमाडौँ । आजदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी दिएको हो । 

निगमले इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट भएको लोडिङ्गको अवस्थामा सुधार तथा आम उपभोक्ता वर्गबाट १४.२ केजी ग्यास सिलिण्डरको उच्च मागको अवस्थालाई समेत मध्यनजर गर्दै मुलुकभरी नै साविककै १४.२ केजी ग्यास भर्ने जनाएको छ ।

१४.२ केजी ग्यासको मूल्य दुई हजार ६० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि अभावलाई मध्यनजर गर्दै अस्थायी रूपमा ७.१ केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो ।

083.03.30_page-0001_Zosvl6rXro

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप