ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति जापानस्थित रास्वपा प्रवास विभागको आपत्ति
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग, जापानले सांसद ज्ञानेन्द्र शाहीको फेसबुक लाइभ अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
- विभागले शाहीमाथि तथ्य नबुझी सामाजिक सञ्जाल प्रयोग गर्ने नागरिक र रास्वपा समर्थकलाई लक्षित गरी अपमानजनक अभिव्यक्ति दिएको आरोप लगाएको छ।
- विभागले शाहीलाई आत्मसमीक्षा गरी सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको छ, अन्यथा कानुनी कारबाहीको चेतावनी दिएको छ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।
आइतबार जारी प्रेस विज्ञप्तिमा विभागले सांसद शाहीले तथ्य नबुझी सामाजिक सञ्जाल प्रयोग गर्ने नागरिक तथा रास्वपाका समर्थकलाई लक्षित गर्दै अपमानजनक र असंयमित अभिव्यक्ति दिएको आरोप लगाएको छ।
विभागले जिम्मेवार जनप्रतिनिधिबाट आएको यस्तो अभिव्यक्ति लोकतान्त्रिक मूल्य, राजनीतिक मर्यादा र सार्वजनिक पदको गरिमा विपरीत रहेको उल्लेख गर्दै शाहीलाई आफ्नो अभिव्यक्तिप्रति आत्मसमीक्षा गरी सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा उचित सम्बोधन र क्षमायाचना नआए लोकतान्त्रिक, संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार आवश्यक कदम चालिने चेतावनी पनि दिइएको छ।
साथै, विभागले आफ्ना समर्थक तथा शुभेच्छुकलाई संयमित, सभ्य र तथ्यमा आधारित प्रतिक्रिया दिन आग्रह गरेको छ। उक्त विज्ञप्तिमा प्रवास नेपाली सम्पर्क विभाग, जापानका अध्यक्ष दीपक केसी र सहसचिव फणिन्द्र शर्मा सुवेदीको हस्ताक्षर रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण