पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम, दुई महिनाभित्र काम सकिने
सारांश
- काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोला फुटबल मैदानमा ११ 'ए' साइड कृत्रिम घाँसे मैदान निर्माण भइरहेको छ।
- मैदानमा कार्पेट बिछ्याउने काम सकिएको छ र बालुवा भर्ने तथा अन्य स्तरोन्नतिको काम सकिन अझै दुई महिना लाग्नेछ।
- यो मैदान काठमाडौँका छ ठाउँमा बन्ने घाँसे मैदानमध्ये एक हो, जसको ठेक्का जेएसएस/एसएम जेभी ज्ञानेश्वरले ६ करोड ८० लाख रुपैयाँमा लिएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोला फुटबल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ।
काठमाडौँ महानगरपालिकाको आर्थिक लगानीमा यहाँ ११ ‘ए’ साइड कृत्रिम घाँसे मैदान निर्माण भइरहेको छ।

मैदानमा कार्पेट बिछ्याउने काम सकिएको छ भने बालुवा भर्न बाँकी रहेको महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इन्जिनियर अर्जुन अर्यालले बताएका छन्। बालुवा भर्नेसहित मैदान स्तरोन्नतिको सबै काम सकिन अझै दुई महिना समय लाग्ने उनको भनाइ छ।

अर्यालले भने, ‘कार्पेटमाथि बालुवा राख्नुपर्छ। चिसो मौसममा बालुवा राख्दा समय लाग्छ। मङ्सिरसम्म सक्नुपर्ने भन्ने सम्झौता छ। अब धेरैमा दुई महिनामा सकिन्छ।’

उनका अनुसार मैदानमा पानी जम्न नदिन, टिकाउ बनाउन र खेल खेल्दा सहज होस् भनेर बालुवाको प्रयोग गरिन्छ। कृत्रिम घाँस प्लास्टिकका फाइबरबाट बनेको हुन्छ, त्यसैले बालुवा हालेर ती फाइबरलाई ठाडो र स्थिर राखिन्छ। यसले घाँस चाउरिन वा उखेलिन दिँदैन।

बालुवाले मैदानलाई नरम बनाउने भएकाले खेलाडी दौडँदा वा लड्दा चोट लाग्ने जोखिम कम हुन्छ। यसले बलको गति र उफ्राइलाई पनि प्राकृतिक घाँसजस्तै बनाउँछ। यसबाहेक वर्षाको पानी छिटो निकास हुने भएकाले मैदानमा पानी जम्दैन र खेल सञ्चालन गर्न सहज हुन्छ। पानी जम्न र मैदान बिग्रन नदिन ड्रेन (नाली) र हिँड्नका लागि छेउमा फुट ट्रयाक निर्माण गरिने इन्जिनियर अर्यालले जानकारी दिएका छन्।

धुलाम्मे र अव्यवस्थित रहेको मैदानलाई कृत्रिम घाँस प्रयोग गरेर व्यवस्थित बनाउने उद्देश्यले महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा प्रक्रिया अघि बढाएको थियो। यसअन्तर्गत पेप्सीकोलासहित काठमाडौँका छ ठाउँमा घाँसे मैदान निर्माण थालिएको थियो।

बाँसबारी, नयाँबजारको सोसल ग्राउण्ड, बल्खुको बागमती करिडोर र चाबहिलको गणेशथानमा एउटै ठेक्काअन्तर्गत घाँसे मैदान निर्माणको काम भइरहेको छ। यी छ वटै मैदान स्तरोन्नति तथा निर्माणको ठेक्का जेएसएस/एसएम जेभी ज्ञानेश्वरले छ करोड ८० लाख रुपैयाँमा लिएको थियो।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण