मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

गैरकानुनी व्यापार व्यवसाय गर्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी

सोमबार, ०४ साउन २०८३, १७ : ०२
सोमबार, ०४ साउन २०८३

सारांश

  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा भइरहेका गैरकानुनी व्यापार व्यवसाय नियन्त्रण गर्न निर्देशन जारी गरेको छ ।
  • विभागले लेबल नभएका, न्यून गुणस्तरका, गैर–खाद्य वस्तु मिसावट गरिएका तथा चोरी पैठारी गरिएका दैनिक उपभोग्य वस्तुहरूको बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएको जनाएको छ ।
  • विभागले कानुन विपरीतका कार्यहरू गरिएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा भइरहेको गैरकानुनी व्यापार व्यवसाय नियन्त्रण गर्न निर्देशन जारी गरेको छ । विभागले एक सूचना जारी गर्दै भौतिक तथा डिजिटल प्लेटफर्महरूमा भइरहेका गैर कानुनी व्यापारिक गतिविधिहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागका अनुसार बजारमा लेबल नभएका, न्यून गुणस्तरका, गैर–खाद्य वस्तु मिसावट गरिएका तथा चोरी पैठारी (तस्करी) गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य, पेय पदार्थ तथा लत्ताकपडा जस्ता उत्पादनहरू बिक्री वितरण भइरहेको गुनासो तथा उजुरीहरू प्राप्त भएका छन् । भौतिक पसलहरूका साथै अनलाइन (डिजिटल) माध्यमबाट समेत यस्ता सामग्रीको कारोबार भइरहेको सूचनामा उल्लेख छ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘उपभोक्ता संरक्षण ऐन, २०७५ एवं नियमावली, २०७६ ले उपभोक्ताको गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको छ । कानुन विपरीतका यस्ता कार्यहरू पूर्ण रूपमा दण्डनीय छन् ।’

विभागले सम्पूर्ण उत्पादक, पैठारीकर्ता (आयातकर्ता), ढुवानीकर्ता, सञ्चयकर्ता (भण्डारण गर्ने) तथा विक्रेताहरूलाई कानुनले तोके बमोजिमको दायित्व र सर्त बन्देजहरू पूर्ण रूपमा पालना गरेर मात्र व्यापार व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ ।

यदि अनुगमनका क्रममा कानुन विपरीतका कार्यहरू भएको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ । 

image (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप