'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
सारांश
- विश्व बौद्ध महासंघ (वर्ल्ड बुद्धिस्ट फेडेरेसन) का प्रमुख संरक्षक रामदास आठवले भारत सरकारका केन्द्रीय सामाजिक न्याय तथा अधिकारिता राज्यमन्त्री हुन्।
- उनले हालै नयाँदिल्लीमा आयोजित विशेष समारोहमा महासंघको आधिकारिक लोगो सार्वजनिक गर्दै बौद्ध दर्शनमा आधारित संस्थाहरूले विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।
- कार्यक्रममा विश्व बौद्ध महासंघका अध्यक्ष डा. पर्विन्दर सिंहले महासंघ समानता, सामाजिक सेवा, करुणा र शान्तिपूर्ण सहअस्तित्वका मूल्य प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताए।
काठमाडौँ । भारत सरकारका केन्द्रीय सामाजिक न्याय तथा अधिकारिता राज्यमन्त्री तथा विश्व बौद्ध महासंघ (वर्ल्ड बुद्धिस्ट फेडेरेसन) का प्रमुख संरक्षक रामदास आठवलेले महासंघको आधिकारिक लोगो सार्वजनिक गरेका छन्।
नयाँदिल्लीमा हालै आयोजित विशेष समारोहमा उनले महासंघको लोगो सार्वजनिक गर्दै बौद्ध दर्शनमा आधारित संस्थाहरूले विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।
उनले द्वन्द्व, असहिष्णुता, हिंसा र सामाजिक विभाजनले चुनौती सिर्जना गरिरहेको वर्तमान विश्व परिवेशमा भगवान् बुद्धको शान्ति र अहिंसाको सन्देश अझ सान्दर्भिक बनेको उल्लेख गरे।
आठवलेले विभिन्न देश र समुदायका मानिसलाई एउटै मञ्चमा जोड्ने विश्व बौद्ध महासंघको प्रयासको प्रशंसा गर्दै यस्ता पहलले अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउनुका साथै जात, धर्म, भाषा वा राष्ट्रियताको भेदभावबिना मानव कल्याणका लागि काम गर्ने वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा विश्व बौद्ध महासंघ–उत्तर अमेरिकाका अध्यक्ष डा. पर्विन्दर सिंह, कर्नेल जोश तथा विभिन्न देशका बौद्ध समुदायका प्रतिनिधि, समाजसेवी र विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।
महासंघका अध्यक्ष डा. पर्विन्दर सिंहले लोगो सार्वजनिक कार्यक्रममा सहभागी भएकोमा राज्यमन्त्री आठवलेलगायत सबै अतिथिप्रति आभार व्यक्त गर्दै महासंघ समानता, सामाजिक सेवा, करुणा र शान्तिपूर्ण सहअस्तित्वका मूल्य प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताए। उनले बौद्ध दर्शनको सान्दर्भिकताबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्नुका साथै मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
समारोहमा सार्वजनिक गरिएको लोगो अब महासंघका विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम तथा गतिविधिहरूको आधिकारिक पहिचानका रूपमा प्रयोग गरिने आयोजकले जनाएको छ। लोगोले शान्ति, एकता, सेवा र मानव कल्याणप्रतिको महासंघको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरिएको छ।
समारोहका वक्ताहरूले विश्व शान्ति प्रवर्द्धन र मानवीय चुनौतीहरूको सामना गर्न विश्वभरका बौद्ध संस्था तथा सामाजिक सङ्घसंस्थाबीच थप सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण