बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

माडीगज नियन्त्रणमा

मङ्गलबार, ०५ साउन २०८३, १३ : १०
मङ्गलबार, ०५ साउन २०८३

चितवन । माडीगजलाई एक महिनापछि नियन्त्रणमा लिइएको छ । माडीगज हात्तीको नाम हो ।

चितवन राष्ट्रिय निकुञ्जको गिदेनी पोष्टबाट एक्कासि गायब भएको उक्त हात्तीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले गिदेनी पोष्टबाट चराउने क्रममा गैँडाको आवाज सुनेर हात्ती तर्सिएर भागेको थियो ।

प्राविधिक टोलीले सोमबार लामिचौर नजिकै डार्ट गरेर शरीरमा झुम्म पर्ने औषधि सुईबाट शरीरमा पठाएर नियन्त्रणमा लिइएको हो । तेह्र वर्षको उक्त हात्तीलाई हाल लामिचौर पोष्टमा राखिएको छ । माउतेले थप स्याहार गरेर पूर्ववत् अवस्थामा फर्काएपछि हात्तीलाई गिदेनी पोष्ट लगिने छ ।

गैँडा, बाघजस्ता जनावरवाट तर्सने र मात लागेर हात्ती भाग्ने गर्दछन् । त्यसरी भागेका हात्तीलाई राम्रो हेरचाह गरेर केही दिनमा पूर्ववत् अवस्थामा फर्काउन सकिन्छ । निकुञ्जमा ५३ वटा ठूला र तीन वटा बच्चा हात्ती रहेका छन् । ती हात्तीले निकुञ्ज सुरक्षामा सघाउने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप