मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
सारांश
- पुष्पलाल (मध्यपहाडी) राजमार्गको जयराम–हलेसी सडक खण्ड मर्मत सम्भारका लागि बोलपत्र (टेन्डर) आह्वान गरिएको छ ।
- हलेसी तुवाचुङ नगरपालिकाकी नगर प्रमुखले सडक साँघुरो र जीर्ण भएका कारण भक्तजन तथा पर्यटकलाई आवतजावतमा कठिनाइ भइरहेको उल्लेख गर्दै तत्काल मर्मत गर्न अनुरोध गरेकी थिइन् ।
- नगरपालिकाको पत्र र सडकको नाजुक अवस्थालाई मध्यनजर गर्दै योजना कार्यालयले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो बोलपत्र प्रकाशित गरेको हो ।
काठमाडौँ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत खोटाङको व्यस्त तथा धार्मिक रूपमा महत्त्वपूर्ण जयराम–हलेसी सडक खण्ड मर्मत सम्भारका लागि बोलपत्र (टेन्डर) आह्वान गरिएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, सित्खा, रामेछापले बुधबार एक सूचना जारी गर्दै उक्त सडक खण्डको पुनर्स्थापना तथा नियमित मर्मत सम्भार कार्यका लागि बोलपत्र आह्वान गरेको हो ।
यसअघि हलेसी तुवाचुङ नगरपालिकाकी नगर प्रमुख विमला राईले गत असार २६ गते राजमार्ग योजना कार्यालयलाई एक पत्र लेख्दै हलेसी–जयरामघाट सडक खण्ड तत्काल मर्मत गर्न अनुरोध गरेकी थिइन् ।
नगर प्रमुख राईले पठाएको पत्रमा सडक साँघुरो र जीर्ण भएका कारण विश्व प्रसिद्ध धार्मिक स्थल हलेसी महादेवको दर्शन गर्न आउने वार्षिक करिब ७ लाख भक्तजन तथा पर्यटकलाई आवतजावतमा कठिनाइ भइरहेको उल्लेख थियो । साथै, खोटाङ र भोजपुर लगायतका जिल्लाका स्थानीय बासिन्दाको दैनिक जनजीवन, अत्यावश्यक सामग्रीको ढुवानी र समग्र आर्थिक–सामाजिक गतिविधिमा समेत यसले प्रत्यक्ष असर पारेकाले सडक स्तरोन्नति र मर्मत गर्न माग गरिएको थियो ।
नगरपालिकाको उक्त पत्र र सडकको नाजुक अवस्थालाई मध्यनजर गर्दै योजना कार्यालयले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो बोलपत्र प्रकाशित गरेको हो । प्रकाशित सूचना अनुसार ‘जयराम–हलेसी सडक खण्ड’ मर्मत कार्यका लागि योग्य बिडरहरूले आवश्यक प्रक्रिया पूरा गरी बोलपत्र पेस गर्न सक्नेछन् ।
_R7eJqmUs4H.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण