सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
सारांश
- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको आन्तरिक विवाद समाधान गरी एकताका लागि ठोस पहल नगरिए आफूहरू नयाँ बाटो तय गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
- नेता निधिले राष्ट्रिय भेलाको घोषणा हुन लागेको जानकारी दिँदै सो भेलासम्म पनि नेतृत्वले सहमति नगरे नयाँ राजनीतिक बाटो रोज्ने स्पष्ट पारे ।
- उनले बीपीले प्रतिपादन गरेको ‘प्रजातान्त्रिक समाजवाद’ को एजेन्डा भुलेर ‘सामाजिक लोकतन्त्र’ को वकालत गर्नु पश्चगमन भएको टिप्पणी गरे ।
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको आन्तरिक विवाद समाधान गरी एकताका लागि ठोस पहल नगरिए आफूहरू नयाँ बाटो तय गर्न बाध्य हुने चेतावनी दिएका छन् । बीपीको ४४औँ स्मृति दिवसका अवसरमा प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा नेता निधिले पार्टीलाई एकताबद्ध राख्न आफूहरूले अघि सारेका माग र एजेन्डाहरूलाई नै एकताको मुख्य आधार बनाउनुपर्ने अडान दोहर्याए ।
नेता निधिले आजै राष्ट्रिय भेलाको घोषणा हुन लागेको जानकारी दिँदै सो भेलासम्म पनि नेतृत्वले सहमति नगरे नयाँ राजनीतिक बाटो रोज्ने स्पष्ट पारे । ‘हामीले एकताका लागि पटक९पटक प्रयास गरिरहेका छौँ र अत्यन्तै सामान्य मागहरू अघि सारेका छौँ,’ निधिले भने, ‘यदि हाम्रा माग र सहमतिका आधारहरू स्वीकार गरिएन भने नयाँ बाटो तय गर्नु हाम्रो बाध्यता हुनेछ । यी आधारहरू नमान्नुले नेतृत्व पार्टी एक राख्न चाहँदैन भन्ने देखिन्छ ।’
विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगन थापाको कार्यशैलीप्रति टिप्पणी गर्दै निधिले नेतृत्वमा हुनुपर्ने आवश्यक दूरदर्शिता नदेखिएको र यसले अपरिपक्वता प्रदर्शन गरेको आरोप लगाए ।
हालसम्म सहमतिको कुनै सङ्केत नदेखिएकोमा असन्तुष्टि जनाउँदै उनले तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई मात्र जिम्मेवार पदाधिकारीका रूपमा निर्वाचन आयोगले निर्णय गरेकोमा पनि असन्तुष्टि जनाए । ‘के उहाँहरू मात्र जिम्मेवार र अरू बाँकी पदाधिकारीहरू गैरजिम्मेवार थिए,’ निधिको प्रश्न थियो ।
वैचारिक सन्दर्भमा बोल्दै निधिले नेपालको भौगोलिक एकीकरणमा पृथ्वीनारायण शाह र आधुनिक एवं लोकतान्त्रिक राज्य निर्माणमा जननायक बीपी कोइरालाको योगदानको चर्चा गरे ।
उनले बीपीले प्रतिपादन गरेको ‘प्रजातान्त्रिक समाजवाद’ को एजेन्डा भुलेर ‘सामाजिक लोकतन्त्र’ को वकालत गर्नु पश्चगमन भएको टिप्पणी गरे । केही कांग्रेसीले रास्वपाको सिको गर्दै सामाजिक लोकतन्त्रको कुरा उठाउनु उपयुक्त नभएको उनको भनाइ थियो ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार सङ्घीयता, गणतन्त्र र लोकतन्त्रको पक्षमा नरहेको आरोप लगाउँदै निधिले संविधानलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप परिमार्जन गर्न सरकार उदासीन देखिएको बताए ।
नेपालमा लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि कांग्रेस एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै निधिले आफूहरूले अघि सारेका सहमतिका एजेन्डाहरू नै एकताको मूल आधार भएको र यसमा कुनै सम्झौता हुन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण