अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
सारांश
- अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाउने भन्दै पूर्व एसएसपी सहितको समूहले ठगी गरेको छ।
- आरोपीहरूले चिनियाँ नागरिक र अध्यागमनले बरामद गरेको १५ थान राहदानी समेत निकालिदिने भन्दै चिनियाँ नागरिकहरूसँग साझेदार नेपालीसँग ९ लाख रकम लिएका हुन्।
- ठगीमा संलग्न आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ, जसमा सशस्त्र प्रहरीका पूर्व एसएसपी गोपाल बहादुर गुरुङ पनि छन्।
काठमाडौँ । अध्यागमन विभागको हिरासतमा थुनामा रहेका चिनियाँ नागरिकहरूलाई ‘छुटाइदिन्छौं’ भनेर पूर्वएसएसपी सहितको समूहले ठगी गरेको भेटिएको छ।
असार १२ मा ललितपुरको सानेपाबाट पक्राउ परेर विभागको हिरासतमा थुनामा रहेका ९ जना चिनियाँ नागरिकलाई छुटाउने आश्वासन दिएर आरोपीहरूले रकम असुल गरेका हुन्।
ठगीमा संलग्न आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको कटारी घर भएर ललितपुर बस्ने ३८ वर्षीय बिक्रम बहादुर थापा, पश्चिम नवलपरासी घर भएर ललितपुर बस्ने ५९ वर्षीय गोपाल कुमार गुरुङ र सर्लाही घर भएर काठमाडौँ बस्ने ५२ वर्षीय नारद प्रसाद खतिवडा छन्।
आरोपीहरूले चिनियाँ नागरिक र अध्यागमनले बरामद गरेको १५ थान राहदानी समेत निकालिदिने भन्दै चिनियाँ नागरिकहरूसँग साझेदार नेपालीसँग ९ लाख रकम लिएका हुन्।
आरोपीहरूले चिनियाँ नागरिक छुटाउने र राहदानी पनि फिर्ता दिलाउँछौ भनेर ७२ लाख रुपैयाँ लेनदेन गर्ने गरी मोलमोलाइ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रामेश्वर कार्कीले रातोपाटीलाई बताए । अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई साउन ४ मा काठमाडौँ उपत्यकाबाट पक्राउ गरेको हो।
ठगीमा संलग्न आरोपमा पक्राउ परेका गोपाल बहादुर गुरुङ सशस्त्र प्रहरीका पूर्व एसएसपी हुन् । २०५८ मा प्रहरीको नायव निरीक्षकबाट स्थानान्तरण भएर उनी सशस्त्रमा गएका थिए।
उनी एसएसपी भएर अवकाशमा गएको पाइएको छ । पक्राउ परेका अर्का आरोपी नारद प्रसाद खतिवडा कलाकार हुन् । बिक्रम बहादुर थापा १२ लाख २५ हजारको बैंकिङ्ग कसुर मुद्दामा पनि फरार देखिएका छन् ।
आरोपीहरूमाथि थप अनुसन्धान र कारबाहीका लागी अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ । काठमाडौँ प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण