शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)

बिहीबार, ०७ साउन २०८३, ११ : ३१
बिहीबार, ०७ साउन २०८३

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी किनारमा खुला रूपमा फोहोर थुपारिँदा हवाई उडान सुरक्षा र जनस्वास्थ्यमा गम्भीर असर परेको छ ।
  • खुला क्षेत्रमा फोहोर फाल्ने क्रम बढेपछि चिल, गिद्ध, भुस्याहा कुकुर र कौवाको चहलपहल बढेको छ, जसले बर्ड स्ट्राइकको जोखिम बढाएको छ ।
  • वर्षातको समयमा फोहोरको लेदो सडकभरि फैलिँदा झाडापखाला, हैजा र डेंगु जस्ता सङ्क्रामक रोग फैलिने उच्च जोखिम देखिएको छ ।

काठमाडौँ । देशकै प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पछाडिपट्टि (पूर्वी किनार/मनोहरा क्षेत्र) खुला रूपमा फोहोर थुपारिँदा हवाई उडान सुरक्षा र जनस्वास्थ्यमा गम्भीर असर परेको छ ।

खुला क्षेत्रमा मासुका अवशेष, कुहिएका फलफूल तथा प्लास्टिकयुक्त फोहोर फाल्ने क्रम बढेपछि आकाशमा चिल, गिद्ध, भुस्याहा कुकुर र कौवाको चहलपहल तीव्र बनेको छ । जसका कारण दैनिक उडान र अवतरणमा बर्ड स्ट्राइक (पक्षी ठोक्किने) को ठुलो जोखिम बढेको छ ।

kathmandu-phohor (2)

विमानस्थलको रनवे एप्रोच लाइट र तारबार नजिकै जथाभाबी फोहोर थुपारिएको र यसले उडानमै अवरोध पुर्याएको चौतर्फी गुनासो आएपछि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको नेतृत्वमा एक टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । 

‘अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै खुला फोहोर फाल्नु उडान सुरक्षामा गम्भीर आँच पुर्याउनु हो । फोहोरका कारण पक्षीहरू आएर उडान प्रभावित हुने समस्या रहन्छ ।’

kathmandu-phohor (1)

अनुगमनका क्रममा विमानस्थलको पर्खालसँगै जोडिएका कच्ची सडक र खुला जग्गामा मासु पसलबाट ल्याइएका हड्डी तथा छालायुक्त फोहोर, फलफूलका अवशेष, र ढलको दूषित पानी सडकमै थुप्रिएर गन्हाउने अवस्था पाइएको छ । वर्षातको समयमा फोहोरको लेदो सडकभरि फैलिँदा वरपरका स्थानीय बासिन्दामा झाडापखाला, हैजा र डेंगु जस्ता सङ्क्रामक रोग फैलिने उच्च जोखिमसमेत देखिएको छ ।

kathmandu-phohor (5)

अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्र आसपास खुला फोहोर फाल्नु राष्ट्रिय सुरक्षा र नागरिकको जीवनमाथि नै ठुलो खेलबाड हो । हवाई उडानको दृष्टिकोणले यो अति नै संवेदनशील क्षेत्र हो । फोहोरका कारण चिल र गिद्ध आकाशमा झुम्मिँदा जहाज दुर्घटनाको ठुलो खतरा रहन्छ । जथाभाबी फोहोर फाल्ने व्यक्ति तथा फार्महरूलाई तत्काल कडा कारबाही गर्नुपर्छ ।  तस्बिरहरू : न्युज एजेन्सी नेपाल

kathmandu-phohor (4)kathmandu-phohor (7)kathmandu-phohor (8)kathmandu-phohor (9)kathmandu-phohor (10)kathmandu-phohor (11)kathmandu-phohor (12)kathmandu-phohor (13)kathmandu-phohor (14)kathmandu-phohor (15)kathmandu-phohor (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप