निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मिङ्मा डेभिड शेर्पाले विश्वविख्यात आरोही निर्मल पुर्जा 'निम्सदाइ' लाई ५७ औँ पटक आठ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण गरेकोमा बधाई दिएका छन्।
- पुर्जाले हालसम्म आठ हजार मिटरभन्दा अग्ला हिमालहरू ५७ पटक र त्यसमध्ये २९ पटक बिना अक्सिजन सफलतापूर्वक आरोहण गरिसकेका छन्।
- सांसद शेर्पाले पुर्जाको यो सफलतालाई पर्वतारोहण क्षेत्रको सर्वोच्च स्तरको असाधारण उपलब्धि भन्दै 'ह्याट्रिक प्रोजेक्ट' पूरा गर्न शुभकामना दिएका छन्।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मिङ्मा डेभिड शेर्पाले विश्वविख्यात आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ लाई ५७ औँ पटक आठ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण गरेकोमा बधाई दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिँदै उनले पुर्जाको यो सफलतालाई पर्वतारोहण क्षेत्रको सर्वोच्च स्तरको असाधारण उपलब्धि भनेका छन्।
पुर्जाले हालसम्म आठ हजार मिटरभन्दा अग्ला हिमालहरू ५७ पटक र त्यसमध्ये २९ पटक बिना अक्सिजन सफलतापूर्वक आरोहण गरिसकेका छन्। उनको यो अभूतपूर्व कीर्तिमानको प्रशंसा गर्दै सांसद शेर्पाले फेसबुकमा लेखेका छन्, ‘अतिरिक्त अक्सिजनविना २९ वटा आरोहणसहित आठ हजार मिटरका ५७ वटा चुचुराहरूमा सफलतापूर्वक पुगेर पर्वतारोहणको उच्च तहमा असाधारण उपलब्धि हासिल गरेकोमा बधाई छ।’
अब चो ओयु हिमाल आरोहण गर्न बाँकी रहेकाले निर्मल पुर्जा आफ्नो महत्त्वाकांक्षी ‘ह्याट्रिक प्रोजेक्ट’ पूरा गर्ने सङ्घारमा पुगेका छन्। यो प्रोजेक्ट अन्तर्गत विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालहरूलाई तीन पटक र ‘सेभेन समिट्स’ (सात महादेशका सर्वोच्च शिखर) लाई तीन पटक आरोहण गर्ने लक्ष्य रहेको छ।
ऐतिहासिक यात्राको अन्तिम चरणमा रहेका पुर्जालाई शुभकामना दिँदै सांसद शेर्पाले लेखेका छन्, ‘चो ओयु मात्र बाँकी रहेकाले तपाईं आफ्नो उल्लेखनीय ह्याट्रिक प्रोजेक्ट पूरा गर्ने सङ्घारमा हुनुहुन्छ। यो ऐतिहासिक यात्रा पूरा गर्दा निरन्तर शक्ति, सुरक्षित आरोहण र सफलताको कामना गर्दछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण