कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभागलाई ८ खर्ब रुपैयाँ उठाउन लक्ष्यका साथ सुरुदेखि नै सक्रिय हुन निर्देशन दिएका छन् ।
- सरकारले आर्थिक ऐनमा दिएका छुट सुविधा प्रयोग गरी १ खर्ब बक्यौता उठाउने लक्ष्य राखिएको छ ।
- अर्थमन्त्री वाग्लेले नतिजा दिनेगरी काम गर्न निर्देशन दिँदै राजस्व प्रशासन सुधार र कर्मचारीका समस्या सुन्न आफू तयार रहेको बताएका छन् ।
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभागलाई ८ खर्ब रुपैयाँ उठाउन लक्ष्यका साथ सुरुदेखि नै सक्रिय हुन निर्देशन दिएका छन् ।
बिहीवार आन्तरिक राजश्व विभाग देशभरका राजस्व कार्यालयका अधिकृतहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
यसका लागि उनले सरकारले आर्थिक ऐनमा दिएका छुट सुविधाको प्रयोग गरेर १ खर्ब बक्यौता उठाउने लक्ष्य राखेको भन्दै यसको समेत प्रभावकारी कार्यान्वयनको लागि निर्देशन दिएका हुन् ।
यसपटक आन्तरिक राजस्व विभागले साढे ७ खर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलनको लक्ष्य पाएको छ ।
आजको कार्यक्रममा अर्थमन्त्री वाग्लेका साथै अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले समेत सम्बोधन गरेका थिए । त्यसअघि विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले विभागले हालसम्म गरेका कामको समीक्षात्मक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको सन्देश सुनाउँदै नतिजा दिनेगरी काम गर्न निर्देशन दिएका थिए । उनले विभागको काममा मन्त्रालयले धेरै हस्तक्षेप गर्न नचाहेको भन्दै स्वतन्त्र रुपमा काम गरेर लक्ष्य हासिल गर्न आग्रह गरे ।
उनले राजश्व प्रशासनको सुधार र कर्मचारीको हौसला वृद्धिका लागि कर्मचारीका समस्या र गुनासाहरू सुन्न आफू सधैँ तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण