४२ वर्षमा बोमन इरानीले सुरु गरेका थिए अभिनय, पहिले थिए वेटरः अब राम्रोसँग हिँड्न सक्दैनन्
४२ वर्षपछि बलिउडमा कदम राखेर चर्चाको शिखरमा पुगेका बलिउडका अभिनेता बोमन इरानी अब राम्रोसँग हिँड्न डुल्न सक्दैनन् । बोमनले हालै आफ्नो ट्वीटरमा राखेको तस्बिरले उनको स्वास्थ्य अवस्थाबारे बयान गर्छ । उक्त तस्बिरमा बोमन एउटा लट्ठी लिएर कुर्सीमा बसिरहेका छन् । फोटो पोष्ट गर्दै उनले क्याप्सनमा जेट एयरवेजलाई ट्याग गरेर लेखेका छन्, ‘हुसेन र श्रीनिवासलाई धन्यवाद । हैदराबादबाट फर्कने क्रममा । हुसैन र श्रीनिवासले मेरो यति धेरै मद्दत गरेकोमा धन्यवाद ।’
That’s Hussein and Srinivas from @jetairways.
— Boman Irani (@bomanirani) August 20, 2018
Thanks Hussien for your warmth, care and help on my way back from Hyderabad. #JetAirways #Hyderabad pic.twitter.com/oPMS4VUeFq
त्यसको एक घण्टा अघि बोमनले अर्को एउटा पोष्ट सेयर गरेका थिए जसमा उनले लेखेका थिए, ‘धेरै समयपछि विमानमा यात्रा गरें । आत्मविश्वास बढ्यो । जेट एयरवेजका महिला माया, अनामिका, एलिजाबेथसहित जयेश, सचिन र गणेशलाई धन्यवाद । तपाईंको प्रेमको लागि धन्यवाद ।’
Did a flight after a long time.
— Boman Irani (@bomanirani) August 20, 2018
Got confidence thanks to all the help from these lovely ladies of @jetairways, Maya, Anamika, Elizabeth and these young men Jayesh, Sachin and Ganesh. Thank you for your love and warmth always. #JetAirways #Mumbai pic.twitter.com/mUPc3mDxMe
पछि जब बोमनलाई प्रशंसकले उनको स्वास्थ्यस्थितीबारे सोध्दा आफूलाई स्लिप डिस्कको समस्या भएको जसका कारण उनलाई हिँड्न र काम गर्न निकै समस्या भइरहेको जानकारी दिए । प्रशंसकले बोमनको स्वास्थ्य समस्या सुन्नेबित्तिकै उनको सुस्वास्थ्यको कामना गरेका छन् ।
बोमनको तोते बोली थियोः
सन् १९५९ डिसे्रम्बर २ तारिखमा मुम्बईमा जन्मिएका बोमनलाई dyslexia नामको रोग थियो जसका कारण उनको तोते बोली थियो । ग्रेजुएशनपछि उनले मुम्बईको होटल ताज महल प्यालेसमा दुई वर्षसम्म काम गरे । उनी त्यहाँ वेटर र रुम सर्भिस स्टाफको रुपमा काम गर्दथे ।
मुन्नाभाइबाट सुरु गरे करियरः
फिल्म थ्री इडियट्समा भाइरसको भूमिका निभाएर चर्चित भएको नायक बोमन इरानीले सन् २००३ मा मुन्नाभाई एमबीबीएसबाट करियरको सुरुवात गरेका थिए । त्यसपछि उनले लगे रहो मुन्नाभाइ, थ्री इडियट्स, वीर जारा, नो इन्ट्री, डन, दोस्ताना, कमबख्त इश्क, हाउसफूल, ककटेल, ह्याप्पी न्यू इयर, परमाणु र सञ्जुजस्ता फिल्ममा काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण