यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
सारांश
- अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का सदस्य राष्ट्रहरूले अभियोजक करिम खानलाई यौन दुराचारको आरोपमा पदबाट बर्खास्त गर्ने पक्षमा बहुमतले मतदान गरेका छन् ।
- यो निर्णय आईसीसीमाथि अन्तर्राष्ट्रिय दबाब बढिरहेको समयमा आएको हो, जसमा खानले इजरायल र अफगानिस्तानबारे विवादास्पद अनुसन्धानको नेतृत्व गरेका थिए ।
- खानले आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गर्दै यो मतदान प्रक्रियालाई गैरकानुनी र अन्यायपूर्ण भनेका छन् ।
काठमाडौँ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का सदस्य राष्ट्रहरूले अभियोजक करिम खानलाई पदबाट बर्खास्त गर्ने पक्षमा मतदान गरेका छन् । स्रोतहरूलाई उद्धृत गर्दै अल्जाजिराले जनाए अनुसार विभिन्न समाचार एजेन्सीहरूले सम्प्रेषण गरेका विवरण अनुसार, आईसीसीका कुल १२५ सदस्य राष्ट्रहरूमध्ये बहुमतले खानलाई पदबाट हटाउने पक्षमा मतदान गरेका हुन् । उनीमाथि यौन दुराचारको आरोप लागेको झन्डै दुई वर्षपछि सदस्य राष्ट्रहरूले यस्तो कदम चालेका हुन् ।
यो निर्णय आईसीसीमाथि अन्तर्राष्ट्रिय दबाब बढिरहेको समयमा आएको हो । अभियोजक खानकै नेतृत्वमा गाजा युद्धलाई लिएर इजरायलका शीर्ष अधिकारीहरू विरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो भने अफगानिस्तानमा अमेरिकी सैन्य अधिकारीहरूबारे पनि अनुसन्धान अघि बढाइएको थियो । यसको बदलास्वरूप ट्रम्प प्रशासनले यसअघि नै खान र अन्य दर्जनौँ आईसीसी कर्मचारीहरूमाथि प्रतिबन्ध लगाइसकेको छ भने हालै मात्र आईसीसीलाई ध्वस्त पार्ने घोषणासमेत गरेको थियो ।
अर्कोतर्फ, खानले आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गर्दै आएका छन् । उनका कानुनी सल्लाहकारहरूले भने यो मतदान प्रक्रिया गैरकानुनी, प्रक्रियागत रूपमा अन्यायपूर्ण र कुनै पनि प्रमाणविहीन भएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण