नेपाल–चीन सीमा नाका रसुवागढीमा पुगे गृहमन्त्री गुरुङ
सारांश
- गृहमन्त्री सुधन गुरुङ नेपाल–चीन सीमा नाका रसुवागढीको निरीक्षणका लागि पुगेका छन् ।
- तस्करी र भन्सार छलीबारे छड्के जाँच गर्न उनी रसुवा पुगेका हुन् ।
- मन्त्री गुरुङ रसुवा जाँदै गर्दा भएको सडक दुर्घटनाको खोजी र उद्धार कार्यमा पनि खटिएका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ नेपाल–चीन सीमा नाका रसुवागढी पुगेका छन् । आइतबार बिहान उनी रसुवागढी पुगेका हुन् । नाकामार्फत हुनसक्ने तस्करी र भन्सार छलीबारे छड्के जाँच गर्न मन्त्री गुरुङ शनिवार काठमाडौँबाट रसुवातर्फ लागेका थिए ।
मन्त्री गुरुङ आज स्याफ्रुवेशी हुँदै रसुवागढी नाकामा पुगेको रसुवामा कार्यरत एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । उनी बा.२ झ ४४६ नम्बरको गाडीमा रसुवा पुगेका हुन् । गुरुङ रसुवा जाँदै गर्दा शनिवार सडक दुर्घटना भएको थियो । गोसाइकुण्ड गाउँपालिका वडा नम्बर–५ स्थित पासाङ ल्हामु सडक खण्डमा स्याफ्रुबेसीबाट धुन्चेतर्फ आउँदै गरेको अनटेष्ट गाडी दुर्घटना भएको हो ।
चिलिमे हाइड्रोपावरको पावर हाउस नजिकै त्रिशूली खोलामा गाडी दुर्घटना भएको ठाउँमा मन्त्री गुरुङ पनि खोजी र उद्धारमा खटिएका थिए । भन्सार पास भएर आएको एसआरएम कम्पनीको गाडीका चालक रसुवाको कालिका गाउँपालिका घर भएका २२ वर्षीय सबिन तामाङ सम्पर्क विहीन छन् । नदीमा खसेको गाडी पनि नभेटिएको र खोजी कार्य भइरहेको रसुवाका डीएसपी अशोक थापाले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा कञ्चनपुरमा विद्यालय भवन शिलान्यास
-
प्रचण्डको विरोधाभाष : सत्ता गठन र विघटनको दौडमा पार्टीभित्रै चुलियो असन्तुष्टि
-
गेटा अस्पताललाई ३०० बेडको बनाएर तत्काल सञ्चालन गर्न पूर्व स्वास्थ्यमन्त्री पौडेलको सुझाव
-
होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन
-
पाँचथरको फालेलुङ पहिरो पीडितको उद्धारमा जुट्न आङ्देम्बेको अपिल
-
लुम्बिनीमा नयाँ सरकारबारे अझै औपचारिक छलफल सुरु भएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण