करातेका बाबु छोरा सम्मानित
सारांश
- नेपाल उमा कुङफु संघले कराते खेलाडी सुनिल लामा र उनका छोरा याङतेन लामालाई सम्मान गरेको छ ।
- राष्ट्रिय र अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा हासिल गरेको सफलता र करातेको विकासमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो ।
- कार्यक्रममा उमा कुङफुको ग्रेडिङ समापनका अवसरमा खेलाडीहरूलाई प्रशंसा पत्रसहित सम्मान र प्रमाण पत्र प्रदान गरिएको थियो ।
काठमाडौँ । नेपाल उमा कुङफु संघले करातेका सुनिल लामा र याङतेन लामालाई आइतवार सम्मान गरेको छ । करातेमा हासिल गरेको उपलब्धि र करातेको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै सुनिललाई सम्मान गरिएको हो । त्यस्तै सुनिलका छोरा याङतेन विभिन्न प्रतियोगितामा प्राप्त गरेको उपलब्धीका लागि सम्मानित भए ।
काठमाडौँमा आयोजित कार्यक्रममा उमा कुङफुको ग्रेडिङको समापनका अवसरमा दुवैलाई सम्मान गरिएको हो ।
सुनिलले बंगलादेशमा भएको ११औँ दक्षिण एसियाली खेलकुद तथा १३ औँ एसिया प्यासिफिक सितोरियो कराते प्रतियोगितामा स्वर्ण जितेका थिए । उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक जितेका छन् ।
अमेरिकाको न्युयोर्कमा बसोबास गर्ने सुनिलले त्यही च्याम्पियन्स मार्सल आर्ट एकेडेमी स्थापना गरी करातेमा अहिले पनि सक्रिय छन् । काठमाण्डौको रानीवनमा पनि सोही नामको एकेडेमी सञ्चालनमा छ । अमेरिकामा विभिन्न प्रतियोगितामा सहभागी हुन जाने खेलाडी र टोलीलाई सम्भव भएसम्म एकेडेमीको तर्फबाट स्वागत र सम्मान पनि गर्ने गरेका छन् ।
इलाइट को–एडकी प्रिन्सिपल सम्झना कर्माचार्य कपाली, नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष भूपेन्द्र गुरुङ, उमा कुङफुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, डब्लुएमएसी, नेपालका अध्यक्ष स्वयम्भूराज डंगोललगायतले सुनिल र याङतेनलाई प्रशंसा पत्रसहित सम्मान गर्नुका साथै ग्रेडिङमा उत्तीर्णलाई प्रमाण पत्र प्रदान गरे ।
सुरेन्द्र थापा मगर र गोविन्दकुमार श्रेष्ठ ब्ल्याकवेल्ट दोश्रो डान तथा श्यामप्रसाद गौतम, सारदा गुरुङ चित्रकार, पुरुषोतमदास श्रेष्ठ, रविन्द्रप्रसाद श्रेष्ठ र रत्न राणा थापा ब्ल्याकवेल्ट पहिलो डानमा पदोन्नती भए । ग्रेडिङ अन्तर्राष्ट्रिय निर्णायक उमा कुङफु संघका उपाध्यक्ष रमेश महर्जनले सञ्चालन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले नेपाली करातेका चिरपरिचित खेलाडी र उदीयमान खेलाडीलाई एउटै मञ्चमा सम्मान गर्न पाउनु खुशीको क्षण भएको बताउँदै च्याम्पियन्स मार्सल आट्र्स एकेडेमीले नेपालबाट अमेरिका पुगेका खेलकर्मीलाई गर्ने स्वागत र सत्कारको प्रशंसा गरे ।
सुनिलले आफ्नो र छोराको सफलतताको कदर गर्दे सम्मान गरेकोमा उमा कुङफु संघ परिवारलाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थानाभर्याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला
-
उद्घाटनपछि कहिलेदेखि चल्न थाल्छन् नागढुंगा सुरुङमार्गमा गाडी ?
-
मधेसमा तीन दलीय गठबन्धन कायम रहने मुख्यमन्त्री यादवको दाबी
-
गण्डकीमा सत्ताको चाबी बोकेर के गरिरहेको छ राप्रपा–प्रलोपा ?
-
ओलीले शिलान्यास गरेको नागढुंगा सुरुङ मार्गको शिलापत्र कसरी हरायो ?
-
बीएण्डबी अस्पतालमा किशोरीको डिम्ब निकालेको घटनामा डा. नूतन शर्मा पनि अनुसन्धान दायरामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण