सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय
सारांश
- सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।
- गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।
- आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ, जसको विवाद मन्दिरमा डिजे बजाएको र झन्डा परिवर्तन गरेको विषयमा सुरु भएको थियो ।
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । आज बिहान ९ बजेदेखि बसेको बैठकमा गृह मन्त्रालयका सचिव र सुरक्षा प्रमुखहरू सहभागी थिए ।
छानबिन समितिको नेतृत्व कसले गर्ने भन्ने यकिन भैसकेको छैन । समितिमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव रहनेछन् । समितिमा सुरक्षा निकाय र ऊर्जा मन्त्रालयका प्रतिनिधि पनि रहने गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए ।
आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहता छन् । हिन्दु समुदायले मन्दिरमा ठुलो स्वरमा डिजे बजाएको र त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झन्डा हटाएर हिन्दुको झन्डा राखेको विषयमा विवाद सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतको आदेश अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने
-
लोकसेवा आयोगको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै राजधानीमा प्रदर्शन
-
चिप निर्माता सीएक्सएमटी बन्यो चीनको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी
-
नारायणी अस्पताल घटना : चिकित्सकलाई काम गर्ने वातावरण बनाउन मन्त्रालय कटिबद्ध
-
गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान
-
स्वावलम्बन लघुवित्तका सीईओ विष्टको पक्षमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण