प्रारम्भिक अनुसन्धानपछि प्रहरीले भन्यो– घरायसी विवादकै कारण ज्योतिले आत्मदाह गरेको देखिन्छ
सारांश
- कैलालीको धनगढीमा घरायसी विवाद र मानसिक तनावका कारण एक युवाले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
- पेट्रोल छर्केर आगो लगाउने ३० वर्षीय ज्योति चौधरीको उपचारका क्रममा काठमाडौँ लैजाँदै गर्दा धादिङमा मृत्यु भएको थियो ।
- प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि परिवार र छिमेकीसँग बयान लिइरहेको छ ।
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–७ का ३० वर्षीय ज्योति चौधरीको आत्मदाह प्रकरणमा प्रहरीले ‘घरायसी विवाद’ लाई मुख्य कारण मान्दै सूक्ष्म अनुसन्धान सुरु गरेको छ ।
आत्मदाहपछि गम्भीर घाइते अवस्थामा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएका चौधरीको शव सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएपछि आफन्तको जिम्मा लगाइएको छ ।
गत साउन ९ गते बेलुका साढे ७ बजे आफ्नै घरमा पेट्रोल छर्केर आगो लगाएका चौधरीको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा साउन १० गते बेलुका मृत्यु भएको थियो । मजदुरीको काम गरेर जीविकोपार्जन गर्दै आएका युवाले किन यस्तो कठोर निर्णय लिए भन्ने विषयले अहिले धनगढीमा चर्चा र चिन्ता बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार प्रारम्भिक सोधपुछमा घटनाको मुख्य कारण पारिवारिक कलह देखिएको छ । ‘छिमेकी र आफन्तसँगको प्रारम्भिक बुझाइमा घरायसी विवाद र केही हदसम्म मादक पदार्थ सेवनका कारण उत्पन्न मानसिक तनावले उनलाई यो स्थितिमा पुर्याएको बुझिएको छ, तर ठ्याक्कै कुन विषयमा विवाद भएको थियो भन्नेबारे परिवारका सदस्यहरूसँग थप बयान लिने काम भइरहेको छ,’ उनले भने ।
चौधरीले शरीरमा आगो लगाएको देखेपछि आफन्तले तत्कालै उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई सोही रात नेपालगन्ज रिफर गरिएको थियो । नेपालगन्जमा पनि अवस्थामा सुधार नआएपछि काठमाडौँ लैजाँदै गर्दा धादिङ आसपास आइपुग्दा उनको निधन भएको थियो ।
प्रहरीले धनगढीमा यस प्रकृतिको आत्मदाहको घटना नौलो भएको बताएको छ । सामान्य मजदुरी गरेर परिवार पाल्दै आएका चौधरीको मृत्युले मजदुर वर्गमा रहेको आर्थिक तथा मानसिक तनाव र घरभित्रको कलह रहेछ भन्ने कुरा देखाएको छ ।
अहिले प्रहरीले चौधरीको परिवार र छिमेकीहरूसँग बयान लिने काम जारी राखेको छ । पोस्टमार्टम रिपोर्ट र विस्तृत अनुसन्धानपछि मात्र घटनाको पछाडि अन्य कसैको दुरुत्साहन थियो वा थिएन भन्ने खुल्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान
-
प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह
-
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट
-
नागढुङ्गा सुरुङमार्ग सञ्चालन नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय: सचिव सिग्देल
-
देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा
-
अवरोधका समयमा यस सुरुङमार्गको अपरिहार्यता थप पुष्टि भएको छ : डा. अकिहिको
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण