सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
सुनसरी घटना

साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

सोमबार, ११ साउन २०८३, ११ : ५८
सोमबार, ११ साउन २०८३

सारांश

  • सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गर्न गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।
  • आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
  • भविष्यमा यस्ता घटना हुन नदिन दीर्घकालीन समाधानका उपायहरू खोज्नेबारे बैठकमा छलफल हुनेछ ।

काठमाडौँ । सुनसरीमा धार्मिक सद्‌भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र प्रहरी बलका प्रमुखसँग छलफल गरेपछि मन्त्री गुरुङले साँझ केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् ।

आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहताको मृत्यु भएको छ । आजको बैठकमा भविष्यमा यस्ता घटना हुन नदिन दीर्घकालीन समाधानका उपायहरू खोज्नेबारे छलफल भएको गृह मन्त्रालयकी सूचना अधिकारी (उपसचिव) रमा आचार्य सुवेदीले जानकारी दिइन् ।

गृह मन्त्रालयले घटना छानबिन गर्न सह सचिवको नेतृत्वमा समिति गठन गरेको छ । उपसचिव सुवेदीका अनुसार छानबिन समिति ५ सदस्यीय हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप