नागढुंगा टनेल उद्घाटन : देश सुरुङ युगमा प्रवेश
सारांश
- नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार पूर्वाधार विकास मन्त्री, जापानका राजदूत र जाइकाका अध्यक्षको उपस्थितिमा औपचारिक रूपमा उद्घाटन गरियो ।
- यो सुरुङमार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकाको सवारी चाप व्यवस्थापन, यात्रा समयको बचत र सुरक्षित सडक पूर्वाधार विकासमा योगदान पुग्ने विश्वास छ ।
- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले यस उद्घाटनसँगै देश सुरुङ युगमा प्रवेश गरेको र देशभरि सुरुङ निर्माणले यातायात सहज बनाउने बताए ।
काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानका राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा.तानाका अकिहिकोको उपस्थितिमा आयोजित विशेष समारोहबिच सुरुङमार्गको औपचारिक उद्घाटन सम्पन्न भएको हो ।
सात वर्षपछि उद्घाटन भएको यो सुरुङ मार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समयको बचत तथा सुरक्षित र आधुनिक सडक पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।
उद्घाटनका क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले अब देश सुरुङ युगमा प्रवेश गरेको पनि बताएका छन् । देशैभरि यातायात सहज बनाउन सुरुङ बन्दै जाने उनको भनाइ थियो ।
साथै मन्त्री लम्सालले नागढुंगा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुनः स्थापना गर्ने बताए । औपचारिक उद्घाटनपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतको आदेश अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने
-
लोकसेवा आयोगको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै राजधानीमा प्रदर्शन
-
चिप निर्माता सीएक्सएमटी बन्यो चीनको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी
-
नारायणी अस्पताल घटना : चिकित्सकलाई काम गर्ने वातावरण बनाउन मन्त्रालय कटिबद्ध
-
गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान
-
स्वावलम्बन लघुवित्तका सीईओ विष्टको पक्षमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण