सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लङ्घन भएपछि सेना परिचालन

सोमबार, ११ साउन २०८३, १३ : ०७
सोमबार, ११ साउन २०८३

सारांश

  • सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा सेना परिचालन गरिएको छ ।
  • स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि सो क्षेत्रमा नेपाली सेनाको टोली पुगेको हो ।
  • हाल सो क्षेत्रमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड गरिरहेका छन् ।

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा निषेधाज्ञा र कर्फ्यु आदेश उल्लङ्घन गरी प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि नेपाली सेना परिचालन गरिएको छ।

आइतबार राति दुई समूहबिचको हिंसात्मक झडपमा सुरक्षाकर्मीको गोली लागी एक २४ वर्षीय युवकको मृत्यु र नौ जना घाइते भएपछि उत्पन्न तनावका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो।

sunsari-jhadap

कर्फ्युका बाबजुद सोमबार बिहान करिब हजारौँको सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रिएर टायर बाल्दै तोडफोड र आगजनी गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। प्रदर्शनकारीले कप्तानगन्ज क्षेत्रमा पाँचवटा पसलमा तोडफोड गरी आगजनी गर्नुका साथै पूर्व पश्चिम लोकमार्गसमेत अवरुद्ध पारेका छन्।

बढ्दो भिड नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयास असफल भएपछि बख्तरबन्द गाडीसहित नेपाली सेना परिचालन गरिएको र हाल सुरक्षा उपस्थिति सुदृढ गरी स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला  प्रशासन कार्यालय सुनसरीका प्रमुख वासुदेव घिमिरेले बताए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप