चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
सारांश
- रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’को छायाङ्कन सोमबार चन्द्रागिरीबाट सुरु भएको छ ।
- फिल्मको छायाङ्कन उपत्यकाका विभिन्न स्थानमा हुनेछ र यसमा गायक पशुपति शर्मा, गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
- पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको यो फिल्मले हाँसो, व्यङ्ग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दर्शकमाझ पस्किने लक्ष्य लिएको छ ।
काठमाडौँ । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’को छायाङ्कन सुरु भएको छ । सोमबार चन्द्रागिरीबाट फिल्मको छायाङ्कन सुरु गरिएको हो ।
फिल्मको छायाङ्कन उपत्यकाको विभिन्न स्थानमा हुने निर्माता रघुनाथ सापकोटाले बताए । अमरदीप सापकोटाको लेखन तथा निर्देशन रहने फिल्ममा गायक पशुपति शर्मा, गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, पृथ्वीराज प्रसाईं, नरेश पौडेल, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, नीरज नेपाल, लेखान्त भुसाल, बिरबल घले, उत्तम केसी, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, रेणु गुरुङ, विनोद केसी, सुरेश तिमल्सिना तथा राजु तिमल्सिना लगायतका कलाकारहरूको अभिनय रहनेछ।
पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ ले हाँसो, व्यङ्ग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दर्शकमाझ पस्किने लक्ष्य लिएको निर्देशक अमरदीप सापकोटाले बताए।
आरआर फिल्म्सले वितरणको जिम्मेवारी लिएको चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण