प्रत्यक्ष जलमार्गको सम्बन्धको सम्भावना खोज्दै बङ्गलादेश र माल्दिभ्स
माले । बङ्गलादेश र माल्दिभ्सले द्विपक्षीय व्यापार र अन्य सिधा सम्पर्क बढाउन प्रत्यक्ष जलयातायातको सुरु गर्न वार्ता गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।
बङ्गलादेशको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “बङ्गलादेशी परराष्ट्रमन्त्री खलिलुर रहमान र उहाँका माल्दिभ्सकासमकक्षी इरुथिशाम आदमले आइतबार मालेमा भएको द्विपक्षीय बैठकमा यो विषयमा छलफल गरेका हुन्।”
बैठकमा दुवै नेताले बसाइँसराइ र प्रवासी कल्याण, पर्यटन, शिक्षा, स्वास्थ्य, नीलो अर्थतन्त्र तथा समुद्री सम्पर्कमा सहकार्य बढाएर बङ्गलादेश–माल्दिभ्स सम्बन्ध थप मजबुत बनाउने उपायहरूबारे छलफल गरेका बताइएको छ ।
उनीहरूले प्रस्तावित प्रत्यक्ष जलयातायात सम्बन्धबारे विचार आदानप्रदान गरेका छन्, जसले दक्षिण एसियाली मुलुकहरूबीच द्विपक्षीय व्यापार र सम्पर्क सहज बनाउने अपेक्षा गरिएको छ।
दुवै पक्षले द्विपक्षीय सम्बन्ध थप गहिरो बनाउने प्रयासको रूपमा उच्चस्तरीय भ्रमणको सम्भावनाबारे पनि छलफल गरेका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण