मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

सुख्खा पहिरोले मुग्लिन–नारायणगढ सडक पुनः दुईतर्फी अवरुद्ध

मङ्गलबार, १२ साउन २०८३, १५ : २०
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • मुग्लिन–नारायणगढ सडकखण्डको मुग्लिन नजिक खहरे खोलामा सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध भएको छ।
  • मंगलबार दिउँसो करिब ३ बजे पहिरो खसेपछि दुवैतर्फको सवारी आवागमन रोकिएको छ।
  • सडक डिभिजन भरतपुरले पहिरो पन्छाएर यातायात सञ्चालन गर्न करिब दुईदेखि तीन घण्टा लाग्ने अनुमान गरेको छ।

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिक खहरे खोलामा सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार मंगलबार दिउँसो करिब ३ बजे खहरे खोलामा पहिरो खसेपछि दुवैतर्फको सवारी आवागमन रोकिएको हो।

डिभिजनका अनुसार थप पहिरो नझरेमा सडकबाट पहिरो पन्छाएर यातायात सञ्चालन गर्न करिब दुईदेखि तीन घण्टा लाग्ने अनुमान गरिएको छ।

सडक खुलाउने काम जारी रहेको जनाउँदै डिभिजनले यात्रुलाई आवश्यक सावधानी अपनाउन र वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ। यो सडक खण्डमा पटक पटक सडक अवरुद्ध हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप