भावी रणनीति तय गर्न नेपाल चिकित्सक संघको बैठक जारी
सारांश
- भावी आन्दोलनको रणनीति तय गर्न नेपाल चिकित्सक संघको बैठक बसिरहेको छ ।
- बैठकमा आगामी रणनीति र आन्दोलनको समीक्षा भइरहेको छ ।
- संघले नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा बन्द गराएको थियो ।
काठमाडौँ । भावी आन्दोलनको रणनीति तय गर्न नेपाल चिकित्सक संघको बैठक बसिरहेको छ ।
संघको केन्द्रीय कार्यालयमा जारी बैठकमा आगामी रणनीति र आन्दोलनको समीक्षा भइरहेको छ। बैठकले आगामी आन्दोलनका कार्यक्रम र रणनीतिबारे थप निर्णय गर्ने जानकारी संघका केन्द्रीय सदस्य डा. राकेश शाहले रातोपाटीलाई दिएका छन् ।
वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गराएको थियो ।
संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको थियो। आन्दोलनका कारण सेवा लिन आएका बिरामीहरू मारमा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण